विराटनगर असोज २८ रोशन पोखरेल
विराटनगरको विकाश योजना लागी छुटयाइएको कडोैरौ , बालुवा पानी हाले बरावर बिराटनगरमा जारी रहेको बिकास निर्माण कार्य व्यवस्थित नभएको भन्दै बिराटनगरका विराटनगरका स्थानिय वासिन्दाले गुनासो गरेका छन ् ।निमार्ण कार्य सम्पन्न गरेको १ वर्ष वित्न नपाउदै सडक भत्किनु भनेको कमिशनको लोभमा नगरपालिका सम्वध कर्मचारी र निमार्णको जिम्मा पाएको कालीका कन्ट्र्क्सन रहेको स्थानिय बासिन्दाले आरोप लगाएका छन ।यस अघि असोज ६ गते बिराटनगरमा प्राज्ञिक बिद्यार्थी परिषदको आयोजनामा बिद्यार्थीहरुले नगरमा र्याली साथै बिराटनगर उपमहानगरपालिका अगाडि जनचेतनामूलक सडक नाटक समेत प्रस्तुत गरेका थिए ।जुन वेला नगरपालिका का कार्यकारी अधिकृत गोपाल रेग्मीले नगरवासिको मागलाई गम्भिर रुपमा लिएको बताएका थिए । विराटनगरको भटट्चोक देखी पानि टयाङ्की सम्मको सडक बषौ वितिसक्दा पनि मर्मत सम्भारको अभावमा पानी जम्ने खाडलको रुपमा स्थापित भएको छ ।
अव्यवस्थित बिकास निर्माणले बिराटनगर शहर नै कुरुप भएको र सडकमा हिलोरधुलोले गर्दा हिड्न नसकिने अवस्था भएको भन्दै स्थानिय वासिन्दाले नगरपालिका लाई आफनो सुझाव लाई तल्काल सम्वोधन गर्न वारम्वार पहल गर्दा समेत आफनो गुनासो समाधान हुनुको साटो कर्मचारीले आफुहरुलाई झुटो आश्वासन दिनुको सटटा् कुनै काम नगरेको विराटनगर १ का स्थानिय राजेन्द्र श्रेष्ठले रेड एफ एमलाईलाई वताए । असोज ६ गते बिद्यार्थीहरुले बिराटनगर उपमहानगरपालिकाका सहायक अधिकृत राजेन्द्र प्रधानलाई बिकास निर्माणकार्य चाडै व्यवस्थित रुपमा सम्पन्न गर्न अनुरोध गर्दै ज्ञापनपत्र बुझाएका थिए । तर हाल सम्मपनि व्यावस्थित रुपमा सडक विकाश नहुनुमा नगरपालिका को चरम लापवाही रहेको विराटनगर २ का सन्तोष यादवले बताउनुभयो । उचित रुपमा ढलको निकाश नहुदा वर्षातको समयमा नगरका अधिकाश स्थानका बासिन्दाहरु रातको समयमा छिमेकि शरणमा वस्न बाध्य रहेका छन । यतिमात्र नभएर वषै देखी विराटनगरको मुख्य सडक मार्ग कोशी राजमार्गमा नगरपालिकाले सडक डिभाइडर साथै विग्रिएको सडक मर्मत सम्भार नगर्दा विराटनगरको हरियालि शहरको बातावरणलाई खलल पुगेको स्थानिय बासिन्दाहरुले बताएका छन ।
Post a Comment