विराटनगर, असोज १५ गते । संघीय समाजवादी फोरम नेपाल परित्याग गर्दै आज करिब १५० जना पार्टीका नेता तथा कार्यकर्ताहरु सद्भावना पार्टीमा प्रवेश गरेका छन् ।
विराटनगरमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टीका अध्यक्ष राजेन्द्र महतोले संघीय समाजवादी फोरम परित्याग गरी सद्भावना पार्टीमा प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभएको थियो ।
फोरम नेपाल परित्याग गरी सद्भावना पार्टीमा प्रवेश गर्नेहरुमा पूर्व जिल्ला सचिव राधे कामत, जिल्ला सदस्य लक्ष्मण साह, जिल्ला सदस्य ओमप्रसाद अग्रवाल, जिल्ला सदस्य एवं मुस्लिम फोरमका जिल्ला इन्चार्ज इमामुल हक अन्सारी, जिल्ला सदस्य तथा मधेश रक्षा दलका मोरंग अध्यक्ष कन्हैयालाल साह, सल्लाहकार भोगेन्द्र यादव, फोरम नेपाल क्षेत्र नं. ६ मोरंगका अध्यक्ष कमलेश कामत प्रिति झालगायत करिब १५० जना सद्भावना पार्टीमा प्रवेश गरेको विद्यार्थी मञ्चका जिल्ला अध्यक्ष राकेश रोशन यादवले जानकारी दिनुभयो ।
फोरम नेपालका सक्रिय नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरी सद्भावना पार्टी प्रवेश गरेपछि मोरङमा फोरम नेपाललाइ ठूलो धक्का लागेको छ । विराटनगरको रामजानकी मन्दिरमा आयोजित कार्यक्रमलाई सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डल, दिलीप धाडेवा, नवप्रवेशी राधे कामत, इमामुल हक अन्सारीलगायतले धारणा राख्नु भएको थियो ।
Post a Comment