विराटनगर, असोज २० गते । विद्युत प्राधिकरणको चरम् लापरवाही भन्दै पब्लिक फोरमले आज विद्युत प्राधिकरण घेराउ गर्ने भएको छ । आज बिहान ११ बजे विधुत प्राधिकरण विराटनगरको कार्यालय घेराउ गर्ने पब्लिक फोरमले जनाएको छ । विगत केही दिनदेखि विराटनगरमा विद्युत अनियमितता हुँदा यहाँको जनजीवन प्रभावित बनेको छ । लगातार विद्युत कटौति भइरहने र विद्युत आए पनि भोल्टेज नहुने भएकोले यहाँको उद्योगधन्दा कल कारखानाहरु ठप्प रहेका छन् । लगातार विद्युत आपूर्तिमा समस्या आएपछि यहाँका कतिपय एफएम स्टेशनहरु समेत बन्द भएका छन् ।
आज विद्युत कार्यालय घेरिदै

Post a Comment