
बिराटनगर, कार्तिक ४ गते , विराटनगरमा हुने राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यक्रमलाई भव्य बनाउन सम्पूर्ण तयारी गरिएको छ ।
राष्ट्रपति भण्डारी जेष्ठ नागरिक महोत्सव २०७३ मा सहभागी हुन विराटनगर आउने तय भएको छ । र कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
आयोजक मनमोहन स्मृति प्रतिष्ठानले २६ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको सन्दर्भ पारेर विराटनगरको जैन भवनमा कार्तिक ६ र ७ गते महोत्सवको तयारी गरेको हो ।
महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुुमार नेपाल तथा विभिन्न राजनीतिक दलका नेता पूर्वमन्त्रीहरु पनि सहभागी हुँदैछन् ।
प्रतिष्ठानका अध्यक्ष भरतमोहन अधिकारीले भने,‘महोत्सवमा १ नम्वर प्रदेशका करिव ३ हजार जेष्ठ नागरिकलाई सम्मान गर्दैछौं ।’ महोत्सवमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र विविध सांस्कृतिक कार्यक्रम पनि हुनेछ ।
Post a Comment