Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

डीएसपी परस्त्रीको कोठामा थुनिएपछि...........!


परस्त्रीको कोठामा दाङका एक प्रहरी अधिकृत थुनिएको घटना बाहिर आएपछि क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले छानबिन समिति गठन गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण प्रसाईं परस्त्रीकाण्डामा मुछिएको घटना बाहिर आएपछि अञ्चल प्रहरी कार्यालय राप्तीका प्रहरी वरिष्ठ उपरीक्षक प्रेम चन्दको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको हो। यो समाचार आजको राजधानीबाट लिइएको हो।
प्रहरी नायब महानिरीक्षक माधव नेपालको निर्देशनमा गठन गरिएको छानबिन टोलीको सदस्यमा अञ्चल प्रहरी कार्यालय राप्तीका प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्की र जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक विष्णु प्रदिप वस्याल रहेका छन् । छानबिन टोलीले ५ दिनभित्र प्रतिवेदन तयार पारेर क्षेत्रमा बुझाउने गरी जिम्मेवारी पाएको छ ।
अनुसन्धानका लागि गठन भएको छानबिन टोलीले विवादमा तानिएका प्रहरी नायब उपरीक्षक प्रसाई, उनलाई ताला फोडेर बाहिर निकाल्ने प्रहरी जवान, घटनाका प्रत्यक्षदर्शी, घटनामा मुछिएकी महिला र घरमालिकसँग सोधपुछ समेत गरेको प्रहरी उच्च स्रोतले बताएको छ ।
प्रहरी स्रोतका अनुसार प्रसाईंले ‘भान्जी’ गणित विषयमा कमजोर भएकाले सिकाउन जाने गरेको बयान दिएका छन् भने महिलाले तिहारमा टिका लगाउने दाइ भएको बताएकी छन् । उद्धारमा खटिएका प्रहरीले राति करिब ११ बजे कोठामा थुनिएकाले डीएसपी प्रसाईंलाई घरमा लगाएको ताला फोडेर बाहिर निकालेको बताएका छन् ।
नजिकको नाता पर्ने एक व्यक्तिले डीएसपी प्रसाई कोठामा पसेको मौका पारी ताला लगाइदिएका थिए । यता छानबिन समितिका संयोजक प्रहरी वरिष्ठ उपरीक्षक प्रेम चन्दले यो गम्भिर विषय भएकाले छानबिन टोली गठन गरेर अनुसन्धान सुरु गरिएको बताए । ‘अनुसन्धान सुरु भएको छ, दोषी पाइएमा प्रहरी नियमावली अनुसार कार्बाही हुन्छ,’ चन्दले भने । उनका अनसार प्रहरीको प्रतिवेदन अन्तिम चरणमा पुगेको छ । प्रतिवेदन क्षेत्र हँुदै केन्द्रमा पठाइनेछ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget