अमेरिकी राष्ट्रपति चुनावका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनले तेस्रो विश्व युद्धको तयारी गरेको आरोप लगाउनुभएको छ ।

डेमोक्र्याटिक उम्मेदवार क्लिन्टनले सिरियामा नो–फ्लाइ जोन बनाउनु पर्ने प्रस्ताव गर्नुभएको छ । क्लिन्टनको योजना अनुसार सिरियामा नो–फ्लाइ जोन बनाएमा रुससँग विवाद बढ्ने केहीले बताएका छन् ।
यसले गर्दा अमेरिकाको लडाईं आइएस वा सिरियासँग नभइ सिरियासँगै रुस र इरानसँग पनि अमेरिकाको लडाईँ हुने, जसका कारण तेस्रो विश्व युद्ध निम्तने ट्रम्पको भनाई छ ।
ट्रम्पले रिपब्लिकन पार्टीको पनि आलोचना गर्नुभयो । आफ्नो उम्मेदवारको पक्षमा एकताबद्ध नभएको भन्दै ट्रम्पले रिपब्लिकन पार्टीको आलोचना गर्नुभएको हो ।
Post a Comment