Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

झापा ११, सिक्किममा जारी गभर्नर्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा




बिर्तामोड, कार्तिक ९ गते  / लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपालकै चर्चित फुटबल क्लब झापा ११ भारतको सिक्किममा जारी गभर्नर्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। 

सिक्कमको राजधानी गान्तोकको पाल्जर स्टेडियममा हिजो सोमबार भएको पहिलो सेमिफाइनलमा सिक्किमकै हिमालयन फुटबल क्लबलाई १–० गोलअन्तरले पाखा लगाउँदै झापा ११ फाइनलमा पुगेको हो। 

खेलको दोस्रो हाफको इञ्ज्युरी समयको तेस्रो मिनेटमा झापा ११ स्ट्राइकर नगेन्द्रमणि लिम्बूले गोल गर्दै झापा ११ लाई जीत दिलाएका हुन्। खेलको सुरुदेखि नै हिमालयन फुटबल क्लब झापा ११ को दबाबमा परेको थियो। 

खेलको २३ औँ मिनेटमा झापा ११ का पुजन उपरकोटीले हिमालयनका खेलाडीलाई फल गरेकाले रेफ्रीले उनलाई पहेँलो कार्ड दिएका थिए। यसअघिका खेलमा झापाले केरला र मुम्बईलाई हराएको थियो।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget