Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

एमालेको सूर्य र राप्रपा नेपालको गाई चिन्ह गुम्ने खतरा !

uml-rppn

काठमाडौं । दुई प्रतिपक्षी दल एमाले र राप्रपा नेपालको चुनावी चिन्ह गुम्ने खतरा देखिएको छ ।
व्यवस्थापिका संसदमा छलफलमा रहेको राजनीतिक दलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक-०७३ मा राखिएको प्रावधानका कारण एमालेको सूर्य र राप्रपा नेपालको गाई चुनाव चिन्ह गुम्नसक्ने खतरा देखिएको समाचार आजको नयाँ पत्रिकामा छ ।
विधेयकमा राष्ट्रिय झन्डा या चिन्ह प्रयोग गर्ने राजनीतिक दल चुनावका लागि दर्ता हुन नसक्ने व्यवस्था राखिएको छ । चुनावी मिति घोषणा भएपछि निर्वाचन मा भाग लिने दलले निर्वाचन आयोगमा दल दर्ता गराउनुपर्ने हुन्छ ।
एक सातायता संसदमा छलफलमा रहेको सो विधेयक जस्ताको तस्तै पारित हुँदा दुवै दल आगामी चुनावका लागि दर्ता हुन सक्ने छैनन् । या त उनीहरुले चुनाव चिन्ह फेर्ने विकल्प राख्नुपर्नेछ ।
छलफल प्रक्रिया बढेपछि दुवै दलले चुनवा चिन्ह गुम्ने आशंका गर्दै संसदको विधेयक शाखामा प्रवधान खारेजीका लागि संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget