
विराटनगर, कार्तिक ६ गते। राष्ट्रपति विद्यादेवी भण्डारी आज विराटनगर आउँदै हुनुहुन्छ । उहाँ ११ बजे विराटनगरमा आई पुग्नु हुने छ ।
एक नम्बर प्रदेशका ज्येष्ठ नागरिकलाई सम्मान गर्न आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी विराटनगर आउनु लाग्नु भएको हो ।
हेलिकोप्टरबाट आउनु हुने भण्डारी छिन्नमस्ता मन्दिर सप्तरी दर्शनपछि कोशीटप्पु बन्यजन्तु आरक्षमा ओर्लनु हुनेछ । खाना खाएर ११ बजे जैन भवन आई उहाँ ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा सहभागी भई दिउँसो २ बजे काठमाडौ फर्कने बताइएको छ ।
मनमोहन स्मृति प्रतिष्ठानले प्रदेश नम्बर १ का ३ हजार ७ जना ज्येष्ठ नागरिकलाई सम्मान गर्दैछ । सत्तरी वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गर्न लागिएको हो । सम्मानित हुनेमध्ये एकसय वर्षमाथि २१ जना छन् ।
कार्यक्रममा सहभागी हुन एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल विराटनगर आईसक्नु भएको छ ।
Post a Comment