Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

अंकित दाहाल हत्यारोपित पाँच पक्राउ



गत असोज २८ गते बिराटनगर ६ वस्ने १९ को अंकित दाहाल विभत्स हत्या गरी फरार रहेका अभियुक्तहरु पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यलय मोरङ्गले बुधबार पत्रकार सम्मेलन गरी हत्यामा संग्लन एक युवती सहित ५ जना  पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा विराटनगर ६ बस्ने १८ वर्षिया टाईली भन्ने फुल कुमारी उराव , वर्ष २० को डाईलर भन्ने युवराज परियार, वर्ष १७ को टिम्मा भन्ने सुकदेव उराव, ं. वर्ष २२ को सुरज उराव र वर्ष १७ को हन्टर भन्ने सार्जन खरेल पक्राउ परेका हुन् । 
प्रहरीका अनुसार लागुऔषध कारोबारीमा कुरा नमिले पछी सामुहिक रुपमा दाहालको हत्या गरिएको बुझीएको छ ।

घरबाट निस्की सम्पर्क बिहिन रहेका दाहालको खोजतलास गर्ने क्रममा मिति कार्तिक १ गते सांझ ५ बजे  बिराटनगर ६ जामुनगाछी स्थित धानबारीमा दुबै हातखुट्टा डोरीले बाधी पेट तथा घाटीमा धारिलो हतियार प्रहार मारेका अबस्थामा लाश फेला परेको थियो ।
घट्नाको बारेमा पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगर रानीको क्षेत्रीय अनुसन्धान टोली तथा जिल्ला प्रहरी कार्यलय मोरङ्गका प्रहरी उपरीक्षक सन्दिप भण्डारीको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले
हत्यमा संलग्नलाई प्रक्राउ गर्न सफल भएको पत्रकार सम्मेलनमा जनाइएको छ । 



साथै उनीहरुको बारेमा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक सन्दिप भण्डारीले जानकारी दिनुभयो । । मृतकले लगाएका लुगाहरु तथा जुत्ता घट्नास्थलबाट दक्षिण पट्टीको धानबारीमा फालिएको अवस्थामा फेला पारी बरामद गर्नुका साथै मृतकको मोवाईल एक थान घट्नामा प्रयोग गरीएको छुरी थान १, समेत अभियुक्तहरुको साथबाट बरामद गरिएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget