विश्वव्यापी नेपाली विद्यार्थी संस्था (वोन्सो)बंगलादेशको आयोजनामा बंगलादेशमा पहिलो पटक भव्य सास्कृतिक कार्यक्रमको आयोजना हुँदै छ । चर्चित गायक सुगम पोखरेल र कमलकुमार क्षेत्रीको सहभागितामाअक्टाबेर २० तारिखका दिन हुने उक्त कार्यक्रममा बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहने वोन्सो बंगलादेशका अध्यक्ष डा राकेश साहले जानकारी दिए । कार्यक्रममा सहभागी हुन ५ सय टाका लाग्ने जानकारी दिँदै डा साहले उक्त कार्यक्रममा सहभागी हुनका लागि बंगलादेशमा रहेका सबै नेपाली समुदायलाई अनुरोध गरेका छन् ।
सो कार्यक्रमको प्रायोजना बंगला एयरलायन्सले गर्नेछ भने सहप्रायोजकका रुपमा नेपाल स्कलरशिप फाउण्डेसन म्याण्डी डेन्टल कलेज एण्ड हस्पिटलले गर्नेछ ।
Post a Comment