Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

भारतीय बजार गुलजार, नेपाली व्यापारीको पुर्पुरोमा हात




विराटनगर, असोज २० गते । नेपालमा ठूला चाडपर्व नजिकिँदा सबैभन्दा उत्साह सीमावर्ती भारतीय बजारमा हुने गरेको छ । तीज अगावैदेखि सुरु भएको भारतीय बजारमा नेपाली उपभोक्ताको भीड दिनहुँ बाक्लिएको छ ।

पूर्वी नेपालसँग सीमा जोडिएका पानीट्यांकी र जोगबनी तथा मध्य नेपालसँगै जोडिएका रक्सौल तथा पश्चिम नेपालका सीमावर्ती सहरहरु सुनौली, रुपैडियालगायतका बजारमा यतिबेला नेपाली उपभोक्ताको चाप थेगिनसक्नु रहेको छ । सीमावर्ती जोगवनी चाडपर्वको बेला विशेष गुलजार हुने तर नेपाली बजारमा चहलपहल नहुने विराटनगरका व्यापारीको भनाई छ । यहाँका व्यापारी तथा व्यापारसँग सम्बद्ध संघसंस्थाले नेपाली उपभोक्तालाई आश्वस्त पार्न नसक्दा भारतीय वजारमा नेपालीको भीड उर्लिएको व्यापारीहरुको भनाई छ ।



उद्योगपतिको बाहुल्य रहेको मोरंग व्यापार संघले भेला डाकेर दशैंको शुभकामना आदानप्रदान गर्ने तर व्यापारी पुर्पुरोमा हात राखेर बस्नुपरेको भन्दै व्यापारीहरु आक्रोषित बन्न पुगेका छन् । भारतको बजारमा केही उपभोग्य सामग्रीको मूल्य सस्तो पर्ने भए पनि तौल, गुणस्तरलगायतका विषयमा नेपाली उपभोक्ता ठगिने गरेका छन् ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget