
हेर्दा बिरालो जस्तै देखिने सो चितुवा करिब ३ महिना जतिको भएको बेतना सिमसार सामुदायिक बनका अध्यक्ष डम्बर बस्नेतले बताए । सामुदायिक बन अन्र्तगत बेतना सिमसार क्षेत्रमा सो चितुवालाई बुधबार बाट संरक्षित राखिएको र आगन्तुक तथा पर्यटकहरुले हेर्न सक्ने छन ।
सो बन क्षेत्रमा केही समय अघिबाट अजिङगर समेत राखिएको छ । सो क्षेत्र पछिल्लो समय कछुवा संरक्षित क्षेत्रका रुपमा बिकास भएको छ । बिभिन्न जातका माछा,चरा,कछुवा लगायत जंगली जनावरहरु यस क्षेत्रको आकर्षण भएको सो सामुदायिक बनका अध्यक्ष बस्नेतले बताउँछन । उनले यस क्षेत्रलाई नमुना पर्यटकीय क्षेत्रको रुपमा बिकास गरिने समेत जनाए ।
Post a Comment