Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

कोशी अञ्चल अस्पतालका डाक्टरहरूलाई मन्त्री थापाको निर्देशन

gagan thapa in biratnagar hospitalको लागि तस्बिर परिणाम

विराटनगर, भदोै २ गते । स्वास्थ्यमन्त्री गगन थापाले पैसा नभएको बाहनामा सरकारी अस्पताल आएका बिरामीलाई बाहिर नपठाउन निर्देशन दिनु भएको छ।  
कोशी अञ्चल अस्पतालको आइतबार निरीक्षण गर्दै मन्त्री थापाले चिकित्सक,स्वास्थ्यकर्मी र कर्मचारीलाई निर्देशन दिदैं भने,‘उपचारका लागि सरकारी अस्पताल परिसरमा आई सकेपछि कोही पनि बिरामीलाई बाहिर नपठाउनु होला ।’

उहाले अस्पतालमा के समस्या पर्छ इमेल लेखेर पठाउन र त्यसलाई आफैले हेरेर समस्या समाधानमा पहल आफैले गर्ने बताउनु भयो  । अस्पतालको सेवा राम्रो भएको तर अझ व्यवस्थित गर्न सकिने पनि उहाले बताएउनु भयो ।

थापाले नयाँ प्रविधि भित्राउनका लागि विराटनगरका रैथाने, व्यापारी तथा उद्योगीलाई कोशी अस्पताललाई सहयोग गर्न आग्रह गर्नु भयो । उहाले भन्नुभयो, ‘नयाँ प्रविधि आए यही चेकजाँच हुन्छ उपचार गर्न तपाईहरुले पनि बाहिर जानु पर्दैन् ।’

सरकारी अस्पताललाई उपल्लो र गरिब दुबैको साझा सम्पति बनाउन पनि आग्रह गर्नु भयो । कोशी अस्पताल सुधार र्न आफूले गर्ने सबै प्रयास गर्ने पनि मन्त्री थापाले बताउनु भयो ।

उहा  यो अस्पताल सबैको साझा हुनुपर्ने बताउनु भयो  । उहाले भन्नुभयो  ‘मैले अस्पताल सुधार गर्न सबै प्रयास गर्छु ।’ थापाले प्रसूति वार्ड, बच्चा वार्ड, इमरजेन्सी वार्ड पनि निरीक्षण गर्नु भएको थियो  ।


Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget