
जाजरकोट सीमा–३, ताँगाका ९ वर्षीय योगेन्द्र घर्ती, ६ वर्षीय चन्द्र घर्ती र ४ वर्षीय गणेश घर्तीले सानैमा आमाबाबु गुमाउँदा विचल्लीमा परेका हुन् । कान्छो छोरा गणेश नजन्मिदै बाबुको मृत्यु भयो । आमाले पनि दुई बर्षमै छोडेर दोस्रो विवाह गरिन् । गणेश जन्मिदै टुहुरो भएर जन्मे र आमाको ममता पनि दुई बर्षमै खोसियो ।
गर्भमा हँुदै बाबु कर्णबहादुर घर्तीको मृत्यु र जन्मेको २ बर्ष नपुग्दै आमा चन्द्रकलाले दोस्रो विहे गरेपछि गणेश सहारा विहीन भएका हुन् । उनी मात्र होइन उनका दाजु ६ वर्षीय चन्द्र र ९ वर्षीय योगेन्द्रले पनि लामो समय आमाबाबुको ममता पाउन सकेनन् । यतिवेला तीन जना दाजुभाई सहारा विहीन भएका छन् ।
आमाबाबु गुमाएका उनीहरू यतिबेला गास, बास, कपास, पोषण , स्वास्थ्य, शिक्षा, सुरक्षा लगाएतका आधारभूत अधिकारबाट बन्चित भएका छन् । बाबुआमा गुमाएका ३ नाबालक नातीको लालनपालनमा समस्या भएको ७० बर्षीय हजुरआमा झुपा घर्तीले बताईन् ।
४ वर्ष अघि गणेश गर्भमै थियो र छोरा कर्ण कमाई गर्न भारत गएको थियो । भारतको रुद्रप्रयागस्थित स्टील उद्योगमा काम गर्ने सिलसिलामा २३ बर्षीय छोरा कर्णको करेन्ट लागेर मृत्यु भयो, उनले भनिन् । घर व्यवहार धान्ने छोराको मृत्यु भएपछि नाबालक नातीहरूको लालनपालन र मेरो हेरचाह गर्न आश गरेकी बुहारी चन्द्रकला पनि अर्को सँग पोईल गएपछि थप समस्या भएको उनले बताइन् । म अाँखा देख्दिनँ, दमको बिरामी छु भन्दै उनले भनिन्, ‘यी नातीहरू यता आउ भने उता जान्छन्, यिनीहरूलाई केही थाह छैन् ।’
३ नातीको लालनपालन र पठनपाठनमा समस्या भएको छ, उनले भनिन् । घरको आर्थिक अवस्था कमजोर भएको सहारा दिने कोही नभएकाले बुढेशकालमा साना नातीहरूको बिचल्ली देख्नु परेको उनले दुखेसो गरिन् । कोही ब्यक्ति र निकायले ३ नातीलाई पठनपाठनमा सहयोग गरिदिएको भए आभारी हुने थिएँ झुपाले भनीन् । सामाजिक सुरक्षा भत्ताले जेनतेन नाती र आफ्नो गुजारा चलाउँदै आएको हजुरआमा झुपाले भनिन् घरमा अरुकोही छैनन् बुढाको पनि काल भैसक्यो म कसरी यी नातीहरू पालुँ ?
Post a Comment