
बिराटनगर, भाद्र २५ गते । बंगलादेशको एक उद्योगमा आगलागी हुँदा १५ जनाको ज्यान गएको छ । टोन्गी शहरमा रहेको एक उद्योगको भट्टी बिस्फोट हुँदा अरु ३० जना घाइते भएका छन् । विस्फोट भएका बेला उद्योगमा झण्डै एक सय जना कार्यरत थिए । बिस्फोट लगतै चार तले उद्योग भवनमा आगलागी भएको हो ।
बंगलादेशमा कमजोर उद्योग सुरक्षा प्रणालीका कारण आगलागी हुने गरेको छ । गएको वर्ष ढाकामा रहेको एक प्लाष्टिक उद्योगमा आगलागी हुँदा १३ जनाको ज्यान गएको थियो ।
सन् २०१३ मा ढाकामा रहेको एक व्यापारिक भवन भत्किँदा ११ सय ३५ जनाको ज्यान गएको थियो । यस्तै सन् २०१२ मा ढाकाको बाहिरी क्षेत्रमा रहेको उद्योगमा आगलागी हुँदा एक सय १२ जनाको ज्यान गएको थियो ।
Post a Comment