Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

दाङमा गोली चल्यो, एक घाइते, पाँचजना पक्राउ

police firingको लागि तस्बिर परिणामदाङ, भदौ २५ । प्रहरीको गस्ती टोलीमाथि आक्रमण गर्नेहरुलाई गरेको जवाफी कारबाहीमा गोली लागेर दाङमा एकजना घाइते भएका छन् ।
प्रहरीले चलाएको गोली लागेर शुक्रबार रामपुर–९ का २७ वर्षीय दानबहादुर बुढा घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए ।
बुढालाई दाहिने खुट्टामा गोली लागेको र उनको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ ।
बुढा यसअघि पनि विभिन्न व्यापारीलाई फोनमा धम्किदिने र रकम असुल्ने व्यक्ति भएको खुलेको पनि प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार राति साढे १२ बजे तुलसीपुर–घोराही सडकखन्डको ग्वारखोलानजिकै पाँचजनाको संख्यामा रहेका ‘गुन्डा’हरुको समूहले गस्तीमा रहेको प्रहरी टोलीमाथि आक्रमण गरेको थियो । जवाफी कारबाहीमा प्रहरीले गोली चलाएको हो ।
घटनास्थलबाट प्रहरीले दुईथान खुकुरी बरामद गरेको छ । आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको जनाइएको छ ।- ईमेज खबरबाट 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget