
फाइल तस्वीर
काठमाडौ । राष्ट्रिय कला, सस्कृति, भाषा भेषभूषा लगायतमा युवा जमातको सहभागिता गराउने उदेश्यले ‘मिस नेशनल २०१७’ आयोजना हुने भएको छ । आयोजक ब्राइट इन्टरटेमेन्ट प्रालीले मंगलबार एक बिज्ञाप्त मार्फत प्रतियोगीताको बिभिन्न पक्षबारे जानकारी गराएको छ । पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेपालीले अडिसनमा सहभागिता जनाउन सक्नेछन् ।
राष्ट्रिय कला, सस्कृति, भाषा भेषभूषा, बाजा, रितिरिवाज तथा धर्मलाई युवा जमात मार्फत बिश्वसमुदायमा समाजिकरण गर्ने उदेश्य प्रतियोगीताको रहेको छ । माघको पहिलो साता अडिसन हुने प्रतियोगीतामा सहभागि हुन चाहनेले पौष २९ भित्र आवेदन फर्म भरिसक्नु पर्नेछ ।
अडिसनबाट छानिएका प्रतियोगीलाई ब्यक्तित्व बिकाश, शैक्षिक सस्कृतीक भ्रमण, संचार अन्र्तबार्ता , राष्ट्रिय कलासंस्कृति बारे अध्यायन, फोटो सेसन लगायतका बिषयमा ज्ञान दिलाउनुका साथै बिभिन्न उप प्रतियोगीता आयोजना गर्दै प्रतिभामा निखार ल्याइने छ । १६ देखि २७ बर्ष उमेर र कम्तिमा ५ फिट ६ एन्च उचाही भएका नेपाली नागरीक सहभागिका लागी प्रावधान तोकिएको प्रतियोगितामा मुख्य उपाधि सहित २० विभिन्न उप–विधामा पुरस्कृत गरिनेछ ।
प्रतियोगीताको अन्तिम प्रतिस्प्रर्धा आगामी फागुन २८ मा आयोजना हुनेछ । प्रतियोगीताको कार्यक्रम निर्देशक गायक तथा संगीतकार धनिराम राई र संयोजक गणेश इसारा रहेका छन् ।
Post a Comment