Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

तरुण दलमा नेतृत्व लिन दर्जनौ आकाँक्षी, महामन्त्रीमा आचार्यद्वारा उमेर्द्वारी घोषणा


काठमान्डौ, भाद्र, ३० गते ।  असोज ३ देखि ५ गतेसम्म पोखरामा हने नेपाल तरुण दलको केन्द्रीय महाधिवेसनमा फरक फरक धारबाट नेताहरुले उमेर्द्वारी घोषणा गर्ने क्रम शुरु भएको छ । देशका मेरुदण्ड मानिने युवाहरुको नेतृत्व हत्याउन तरुण दलभित्र विभिन्न युवा नेताहरुले उम्मेदवारी घोषणा गरेका छन् ।



यो क्रमसँगै  युवा नेता बाबुराम आचार्यले तरुण दलको  महामन्त्रीमा उमेर्द्वारी घोषणा गरेका छन् । डेड दशकदेखि नेपाल विद्यार्थी सँघ हुदै काँग्रेस राजनीतिमा सव्रिmय आचार्यले नेपाल तरुण दलमा रहेर महत्वपर्ण भमिका निवार्ह गरेका थिए । काँग्रेस र प्रजातन्त्रका लागी लडेका कारण बिगतमा पटकपटक माओबादी आक्रमणमा परेका आचार्य सुनसरीबाट काँग्रेस राजनीति गर्छन् ।   आफु  तरुणदलको महामन्त्रीमा बिजयी भए यवाहरुको भुमिकालाई अझ शसतm रुपमा आगाडी बढाएर युवाहरुलाई मुलुकको उन्नती र प्रगतीका लागि अग्रसर गराउनेमा आचार्यले जोड दिएका छन् ।
उनले युवाहरुका लागि स्वरोजगारमुलक अभियान संचालन गर्ने, ब्यावसाय मुलक तालिमको ब्यावस्था गर्न पहल गर्ने, रोजगारका लागी विदेश जाने प्रवृतीलाई निरुत्साहित गर्ने र युवाहरुलाई आफ्नै देशमा रोजगारीको अवसर उपलब्ध गराउने लगायतका प्रतिवद्धता ब्यक्त गरेका छन् ।



 साथै तरुण दललाई बैचारीक संगठनको रुपमा रुपान्तरण गरेर  आगामी संसदीय चुनाबमा काँग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउने ठोकुवा गरेका छन् । उनले भातृ संगठनहरुमा पार्टिका उपल्लो स्तरका नेताहरुको चाकडीले पदमा पुग्ने प्रबृति हावी भएका कारण पुराना,  अनुभबि, इमान्दार र  क्षमतावान कार्यकर्ता पाखा लगाउने अवस्था श्रृजना भई संगठन कमजोर भएको दावी गर्दै अहिले काँग्रेसमा आन्तरीक लोकतन्त्रको बिकास गराउने, चाकडी प्रथा भन्दा पार्टीलाई हाँक्न सक्ने क्षमतावान  कार्यकर्तालाई स्थान दिने  परीपाटी बसाल्ने, साथै असमान संन्धि सम्झौताहरु खारेजगरी सम्मानजनक संन्धि सम्झौता गरिनु पर्नेमा समेत आचार्यले जोड दिएका छन् ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget