Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

पूर्वराजा ज्ञानेन्द्रको सहयोगमा पचलीभैरवको नयाँ मूर्तिमा प्राण–प्रतिस्था



काठमाडौं, असोज १३ गते  । काठमाडौंको टेकुस्थित पचलीभैरवको जात्रा गर्ने नयाँ मूर्तिमा बुधबार प्राण–प्रतिस्था गरिएको छ ।
स्वच्छन्द भैरवकोरुपमा पनि चिनिने पचलीभैरवको मूर्ति जीर्ण भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहको आर्थिक सहयोगमा तामा र सुनको नयाँ मूर्ति बनाइ विधिपूर्वक मूर्तिमा प्राण–प्रतिस्था गरिएको हो ।
आगामी आइतबार पूर्वराजा शाहले काठमाडौंको भीमसेनस्थानस्थित थकुजुजु (नेवारी राजा)को घरको चोकमा राखिएको पचलीभैरवको नयाँ मूर्तिमा विशेष पूजा गर्ने जनाइएको छ । 
राजा गुणकामदेवले कलिगत संवत् ३८२५ मा कान्तिपुर सहर स्थापना गरी सहरको दक्षिण भेगको क्षेत्रपालकोरूपमा पचलीभैरवको मूर्ति स्थापना गरेको भाषा वंशावलीमा उल्लेख भएको जनाइएको छ ।
माटोका मूर्ति फुटने गरेकाले राजा शिव सिंहले तामा र सुनबाट निर्मित घ्याम्पो बनाइ पचलीभैरवको जात्रा सुरु गरेको इतिहासमा उल्लेख छ ।
बाग्मती नदीको किनारास्थित सातओटा घाटको बीचमा खुला पीठमा रहेको पचलीभैरवको सो नयाँ मूर्तिको आगामी २० गते मध्यराति बलि दिएर घ्याम्पोजात्रा आयोजना गरिँदैछ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget