Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

चीनको मरुभूमिमा विश्वकै लामाे सडक

मरुभूमिको नाम सुन्नेबित्तिकै हामी उराठ लाग्दो ठाउँ भन्ने बुझ्छौं । न त त्यहाँ पानी पाइन्छ न त बनस्पती । उजाड लाग्ने यही मरुभूमिबाट गुज्रने गरी चीनले विश्वकै लामो ‘मरुभूमि सडक’ को निर्माण गरेको छ । अब चीनले मरुभूमिमा पनि विश्वरेकर्ड बनाउन सफल भएको छ। चीनले मरुभूमिमा पनि विकासको लहर चलाएर विश्वलाई आश्चर्यचकित बनाएको हो ।
तस्बिरमा हेर्नुस्, चीनले एउटा मरुभूमिबाट गुज्रने विश्वकै लामो सडक बनाएर सञ्चालनमा पनि ल्याएको छ। चीन हरेक दिन केही न केही विकासका नयाँ कीर्तिमान बनाइरहेको छ । आर्थिक विकास चीनको एजेन्डामा सबैभन्दा माथि रहेको छ।यसैका लागि चीन अहिले मूलभूत रुपमा देशको विकासमै केन्द्रित भएको छ । चीनले नयाँ उपलब्धीकारुपमा २५ सेप्टेम्बरमा विश्वकै लामो मरुभूमि सडकको निर्माण पुरा भएको घोषणा गरेको हो ।
लिनबई प्रोजेक्ट अन्तर्गत लिन्हे शहरलाई ब्यागेदासँग जोड्नका लागि चीनले मरुभूमिबाटै सडक बनाएको हो । यस सडकको लम्बाई ९३० किलोमिटर रहेको छ । चीनक बादैन मरुभूमि विश्वको तेस्रो ठूलो मरुभूमि हो । यहाँ कुनै बस्ती बसेको छैन ।यसमा चीनले कुल ३७ बिलियन युआनको लगानीमा सडक निर्माण गर्न सफल भएको हो । उत्तरी चीनको मंगोलियामा यस सडकमा गाडी पनि गुड्न थालिसकेका छन् । बेइजिङ-उरुमको सडकमा आगामी जुनसम्ममा सबै किसिमका सवारीसाधन पूर्णरुपमा गुड्न थाल्नेछन् ।
यस प्रोजेक्टमार्फत २ हजार किलोमिटर लामो सडक बनाइने भएको छ । यहाँ गाडीहरु १ सय प्रतिकिलोमिटरका दरले गुड्न सक्नेछन् । यसलाई चाइना कम्युनिकेशन कन्स्ट्रकशन, चाइना रेलवे ग्रुप र चाइना स्टेट कन्स्ट्रक्शनले मिलेर बनाएका हुन् ।जब पुरै सडक तयार हुनेछ तब दुबै शहरबीचको दुरी तय गर्न समयमा दर्जनौं घन्टा कमी हुनेछ । चीनको एशिया र युरोपलाई जोड्ने सडक बनाउने योजनामा पनि यसले थप मद्दत गर्नेछ । यो चीनको महत्वपूर्ण योजना हो । यस किसिमको मरुभूमिमा चीनले सडक बनाएर देखाएपछि विकास गर्ने इच्छाशक्तिलाई केहीले रोक्न नसक्ने पुष्टि गरेको छ ।
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget