Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

प्रभावशाली मन्त्रीहरूको स्वार्थमा ४४ सहसचिव सरुवा

singha durbarको लागि तस्बिर परिणाम

काठमाडौँ, १२ असोज : प्रभावशाली मन्त्रीहरूको स्वार्थमा ४४ सहसचिव सरुवा भएका छन् । प्रभावशाली मन्त्रीहरूले पछिल्लो मन्त्रिपरिषद्बाट निर्णय गराई पार्टी निकट र आफ्नो स्वार्थमा काम गर्ने सहसचिवलाई महत्त्वपूर्ण मन्त्रालयमा ल्याएका छन् । 

आफ्नो स्वार्थमा काम गर्न नमान्ने सहसचिवहरूलाई भने खासै काम नहुने निकायमा सरुवा गरिएको छ । अनुभव र दक्षताका आधारमा सरुवा पाएका सहसचिव अपवाद मात्र रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको दुई महिना नपुग्दै मन्त्रीहरूको स्वार्थमा सबैजसो मन्त्रालय र निकायका सचिवहरूको सरुवा गरिसकेको सरकारले दोस्रो चरणमा ठूलो मात्रामा सहसचिवहरू चलाएको हो । सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार अर्थ मन्त्रालयबाट हरिशरण पुडासैनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा र उत्तमनारायण भट्टराईलाई पर्यटन मन्त्रालयमा सारिएको छ । 

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको प्रस्तावमा योजना आयोगका मधु मरासिनी, सामान्य प्रशासनको अतिरिक्त समूहका बलराम रिजाल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका गजेन्द्रकुमार ठाकुर, जीवन प्रकाश सिटौला र रामकृष्ण सुवेदीलाई अर्थ मन्त्रालयमा ल्याइएको छ । 

अर्का उपप्रधान तथा गृहमन्त्रीको प्रस्तावमा प्रधानमन्त्री कार्यालयका उत्तरकुमार खत्री, नारायण दवाडी, सूचना तथा सञ्चारका द्रोण पोखरेल, रक्षाका शिवप्रसाद सिम्खडा, शान्ति तथा पुनर्निर्माणका शंकर खरेललाई गृह मन्त्रालयमा ल्याइएको छ । गृह मन्त्रालयका चक्रबहादुर बुढालाई स्थानीय विकासमा पठाइएको छ ।

योजना आयोगका जयनारायण आचार्यलाई पर्यटन, अख्तियारका शंकर थापालाई भूमिसुधार, शान्ति तथा पुनर्निर्माणका राधाकृष्ण प्रधानलाई सत्य निरूपण तथा मेलमिलाप आयोग, राष्ट्रपति कार्यालयका कृष्ण पौडेललाई उपराष्ट्रपति कार्यालय, सामान्य प्रशासनका ईश्वर पौडेललाई अख्तियार, सार्वजनिक खरिद अनुगमन कार्यालयका मुकुन्द निरौलालाई सामान्य प्रशासन र शान्ति तथा पुनर्निर्माणका जीवराज कोइरालालाई अख्तियारमा सारिएको छ ।

यस्तै, प्रधानमन्त्री कार्यालयका विनोद कुँवरलाई लोकसेवा आयोग, सतर्कता केन्द्रका दामोदर रेग्मीलाई प्रधानमन्त्री कार्यालय, सूचना तथा सञ्चारका नवराज ढकाललाई निर्वाचन आयोग, अख्तियारका ईश्वरजंग कार्कीलाई सूचना तथा सञ्चार, अख्तियारका डिल्लीराम शर्मालाई प्रधानमन्त्री कार्यालय, आपूर्तिका आनन्दराम रेग्मीलाई रक्षा, सामान्य प्रशासनको अतिरिक्त समूहका विश्वराज पाण्डेलाई श्रम तथा रोजगार मन्त्रालय र महिला मन्त्रालयका रामप्रसाद भट्टराईलाई महिला आयोगमा सरुवा गरिएको छ ।

आपूर्ति मन्त्रालयका उत्तम नागिलालाई स्थानीय विकास, सार्वजनिक खरिद अनुगमन कार्यालयका नरेशकुमार चापागाईंलाई महिला मन्त्रालय, शान्ति तथा पुनर्निर्माणका सञ्जयकुमार खनाललाई योजना आयोग, श्रम तथा रोजगार मन्त्रालयका सूर्यप्रसाद श्रेष्ठलाई आपूर्ति मन्त्रालय, पर्यटन मन्त्रालयका सुदर्शन ढकाललाई शान्ति तथा पुनर्निर्माण, रक्षाका कुलप्रसाद चुडाललाई राष्ट्रपति कार्यालय, भूमिसुधारका कपिल डंगोललाई ऊर्जा मन्त्रालय र सिँचाइ मन्त्रालयका माधव बेल्वासेलाई जल तथा ऊर्जा आयोगमा सारिएको छ । कान्तिपुर दैनिकबाट 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget