Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

कसरी भर्ने डिभी चिट्ठा ?

काठमााडौं, असोज १३ – नेपालस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा अर्थात डिभी चिट्ठा असोज १८ गतेबाट खुल्ला गर्ने जनाएको छ । दूतावासको जानकारी अनुसार डीभी  चिट्ठा सन् २०१६ अक्टोबर ४ अर्थात नेपाली समयअनुसार असोज १८ गते ९ः४५ बजेदेखि खुल्ने छ । सन् २०१८ का लागि खुल्ला गरिएको डिभी चिट्ठा कात्तिक २२ गते सम्म भर्न सकिने दूतावासले जनाएको छ । सकेसम्म चाँडै डिभी भर्न दुतावासले आग्रह गरेको छ । डिभी भर्नका लागि कुनैपनि शुल्क नलाग्ने र डिभी भर्दा कुनै पनि कन्सल्टेन्टको सहयोग नलिन पनि दूतावासले आग्रह गरेको छ । यदी डिभी फारम भर्दा कुनै सहयोगको आवश्यक परेमाा आफ्नो विश्वासिलो मान्छे वा  आफन्तको सहयोग लिएर मात्र डिभी भर्न दूतावासले अनुरोध गरेको छ । 
डिभी भर्नका लागि डब्लूडब्लूडब्लू डिभी लोटरी डट स्टेट डट जीओभीमा लगइन गरी डाइभर्सिटी भिसामा गएर अनलाइन फर्म भर्न सकिने छ । यस्तै डिभी भर्दा २१ वर्ष भन्दा मुनिका सन्तान भए उनीहरुको पनि सम्पूर्ण विवरण भर्नु पर्ने दुतावासले जानकारी दिएको । डिभी फर्म भर्दा पर्छ कि भनेर धेरै पटक डिभी फर्म भरेमा त्यस्तो फर्म रद्द हुनेछ । 
यस्तै डिभी फर्म भर्दा अघिल्लो पटक प्रयोग भएका फोटाहरु राखेर डिभी भरेमा वा चस्मा लगाएको फोटो राखेर डिभी भरेमा त्यस्ता उम्मेद्वार अयोग्य हुने पनि दूतावासले जानकारी दिएको छ । 
डिभी भरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्ने हुन्छ । पछि डिभी प¥यो कि परेन भनेर चेक गर्न कन्र्फमेसन नम्बर अनिवार्य चाहिन्छ ।  तपाईंलाई डिभी प¥यो भन्दैमा अमेरिका पुगिहालिन्छ भनेर ढुक्क पनि नहुनु होला । तपाइसँग भएका योग्यता तथा अमेरिकी आप्रवासी कानुन बमोजिको योग्य छ कि छैन यो सबै चेक गरेपछि मात्र अमेरिका पठाउने निर्णय दूतावासले गर्छ । आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना समेत दिनुपर्ने हुन्छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget