फेसबुकबाट प्राप्त मृतक बिनोद यादवको तस्वीर
विराटनगर, भदौ २१ गते । विराटनगर १३ तिनटोलिया स्थित एक घरको कोठामा मारेर बोरामा हालेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।
घर मालिक विराटनगर बाहिर भएको अवस्थामा भेटिएको उक्त शंकास्पद शव बारे प्रहरीले घटनास्थलमा मुचुल्का उठाएको छ । घटनामा अन्दाजी २८–२९ वर्षको पुरुषको शव भेटिएको जानकारी छ । शरीरको बिभिन्न अंग काटिएको अवस्थामा लास फेला पारेको छ ।
उनीहरु करिब ५ दिन आगाडी मात्रै त्यस घरमा भाडामा बस्न आएका थिए । डेरामा बस्ने व्यक्तिले हत्या गरि गाडी मगाएर लास लुकाउन खोज्दा ड्राइभरले प्रहरीलाई खबर गरेको श्रोतबाट जानकारी आएको छ ।
उक्त शव बिराटनगर १३ मा रहेको अक्फोर्ड होस्टेलका संचालक बिनोद यादबको रहेको जानकारी प्राप्त भएको छ ।
उक्त शव भेटिएको घर मालिक ओमकार श्रेष्ठ रहेका छन् भने अहिले २ युवालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ । शवको पोष्टमार्टमाका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।
Post a Comment