
आज दिउँसो परेको चट्याङ लागेर कोसीहरैंचा १ का चन्द्र खुलाल बस्नेतका छोरा ७ वर्षीय चिराक खुलाल बस्नेत,सीताराम उराउका छोरा १२ वर्षीय सन्देश उराउ, र राकेश शुब्बाका छोरा ८ वर्षीय राहुल सुब्बाको मृत्यु भएको हो । चट्याङ लागेर गम्भीर घाइते बनेका तीनै जनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ पठाइएको छ ।
चट्याङ लागेर कोसीहरैंचा १ का उद्धव भट्राईका छोरा १० वर्षीय रोजन भट्राई र राजन भट्राईका छोरा ११ वर्षीय अनन्त भट्राई घाइते भएका हुन् । गम्भीर अवस्थाका दुबै बालकको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको प्रहरी इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले बताए ।
गाउँको बाँस झ्यांग नजिकै खेलिरहँदा परेको चट्यांग लागेर ती बालकको मत्यु भएको थियो । २ बजेतिर पानी नपरेकै अवस्थामा चट्यांग परेर बालकलाई लागेको थियो ।
Post a Comment