
बिराटनगर, आश्विन १३ गते। कोसी राजमार्ग अन्तर्गत विराटनगर ३ मा आज दिउँसो भारतीय लहरीले ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ ।
फलामका तार बोकेको भारतीय नम्बर प्लेटको एनएल ०१ जी ०१३६ नम्बरको लहरीले को७ प ४५२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइलकमा बसेकी मनिषा बस्नेतको घटनास्थलमै ज्यान गएको छ । मोरङको कोसीहरैंचा नगरपालिका ३ की ३५ वर्षीय बस्नेत श्रीमानले चलाएको मोटरसाइकलको पछाडि सवार थिइन् ।
जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक धनप्रसाद शिवाकोटीले भन्नुभयोे, ‘पति सामान्य घाइते छन् ।’ भारतको जोगबनीबाट दशैंका लागि सामान खरिद गरेर फकैदै गर्दा उनीहरु दुर्घटनामा परेका हुन् । मोटरसाइकल ठोक्किएपछि मनिषालाई लहरीको चक्कामुनि परेकी थिइन् । उनको शरीर क्षतविक्षत भएको थियो । प्रहरीले लहरी र चालकलाई नियन्त्रणमा लिएको छ ।
Post a Comment