Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

यती एयरलाइन्सको विमान अवतरणका क्रममा दुर्घटना



बिराटनगर, असोज ८ गते।  यती एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । विमानमा सबै यात्रु सकुशल रहेका छन् । नाइन एन एआईबी कलसाइन भएको विमान अवतरणका क्रममा दुर्घटना भएको हो । रन वे छोडेर निक्कै पर पुगेको विमानको नोजमा क्षति पुगेको छ भने चक्का भाच्चिएको छ । विमानमा २९ यात्रु र चालक दलका तीन सदस्य गरी ३२ जना सवार थिए । उनीहरु सबै सकुसल रहेका छन् । विमान दुर्घटनामा परेको खबर आए लगतै प्रहरीले एम्बुलेन्स पनि पठाएको थियो । तर, ठूलो चोटपटक कसैलाई नलागेको समाचारमा जनाइएको छ ।

Yati-Air-Accident
जहाजको इन्जिनमा खराबी आएकोले दुघर्टना भएको सोही जहाजमा रहनुभएका यात्रु इन्द्र काफ्लेले बताउनुभयो । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रिय क्याम्पसका प्रमुख समेत रहनुभएका काफ्लेले अवतरण गर्ने क्रममा एकैचोटी दुर्घटना भएको बताउनुभयो । दुर्घटनामा काफ्लेसहित धेरै यात्रुको हात खुट्टामा सामान्य चोट लागेको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget