बिराटनगर, भाद्र १८ गते, ब्रेन ट्युमरको उपचार गराई रहेका एक बालकको मृत्यु भएपछि विराटनगरको न्यूरो कार्डियोलोजी अस्पतालमा तनाव उत्पन्न भएको छ । मृतकका आफन्तले अस्पतालको लावरबाहीको दोष लगाई रहेको बेला अस्पतालले भने उपचार बापतको रकम नबुझाए शव नदिने बताएको छ । ब्रेन ट्युमरको उपचार गराई रहेका मोरंङको कदमाहा ७ कमलपुरका २ बर्षिय बालक राजा सिंहको उपचारको क्रममा मृत्यु भएको थियो । ५१ दिन अघि न्यूरो अस्पतालमा भर्ना भएका सिंहको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल प्रशासनमा घेराबन्दी गरेका थिए । उनीहरुले डाक्टरको लापरवाहीका कारण बिरामीको मृत्यु भएको जनाउँदै उपचारमा संलगन डाक्टरमाथि कारबाहीको माग गरेका छन् ।
अस्पताल प्रशासनले भने उपचारमा कुनै लापरबाही नभएको प्रष्ट पारेको छ । अस्पतालले उपचार बापतको सम्पूर्ण रकम चुक्ता गरेपछि मात्र शव उठाउन दिने बताएको छ । सिंहको उपचार गराउँदा एक लाख ३० हजार लागेको तथा फेरि आइसियूमा राखेर उपचार गराउँदा थप ५ लाख रुपैया लागेको अस्पतालले जनाएको छ । अस्पतालका प्रशासन प्रमुख राजेश भट्टराईले अस्पतालाई चुक्ता गर्नुपर्ने रकम नदिएसम्म शब नदिने बताए । आफन्तले यो समाचार तयार पार्दासम्म बिल बापतको रकम बुझाउन नसक्दा शव उठाउन पाएका छैनन् ।
Post a Comment