Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

पाकिस्तानलाई एक्लाउने भारतीय योजना विफल

unnamed
काठमाडौं, असोज १३ गते । भारतका कारण १९ औं सार्क शिखर सम्मेलन अनिश्चित बन्दै गएका बेला नेपालले भने  तोकिएकै मितिमा बैठक सम्पन्न गर्नुपर्ने अडान सार्वजनिक गरेको छ ।
पाकिस्तानलाई एक्ल्याउने भारतीय नीतिलाई बंगलादेश, अफगानिस्तान र भुटानले पच्छ्याए पनि सार्कको अध्यक्षता गरिरहेकेा नेपालले भने भारतीय भूमिकाप्रति असहमति प्रकट गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सबै सदस्य राष्ट्र सार्क च्याप्टरको भावनाअनुरुप बढ्नुपर्नेमा जोड दिएको छ।
सार्कको १९ औं शिखर सम्मेलन नोभेम्बर ९ र १० मा पाकिस्तानमा गर्ने तय भएको थियो । तर भारतले पाकिस्तानसँगको तनावका कारण सार्कमा सहभागी हुन नसक्ने जनाएको थियो । लगत्तै भु्टान वंगलादेशर अफगानिस्तानले पनि अाफूलार्इ भारतै पक्षमा उभ्याएका थिए ।
तर, नेपालले भने सार्क शिखर सम्मेलन तोकिएकै मितिमा हुनुपर्नेमा जोड दिएको छ । परराष्ट्र मन्त्रालयले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘सार्क अध्यक्ष देश हुनाका नाताले सार्कका सबै देशलाई नेपाल सरकार सार्कको वडापत्रको मर्मअनुसार सार्क शिखर सम्मेलन गर्नका लागि सबै सदस्य देशले आफ्नो सहभागिता सुनिश्चित गर्दै त्यसका लागि सुहाउँदो वातावरण बनाउन आग्रह गर्छ ।’
सार्क शिखर सम्मेलनमा आठवटै सदस्य राष्ट्रको सहभागितमा हुने प्रचलन छ ।  कुनै एउटा राष्ट्रले बैठकमा उपस्थिति नजनाएसम्म सम्मेलन हुन सक्दैन ।
भारतको चाहना नेपालले पनि भुटान र वंगलादेशले जस्तै भूमिका खेलोस् र पाकिस्तानलाई एक्ल्याउन पाइयोस् भन्ने थियो । तर, नेपालले भारतीय इच्छा विपरीत आफ्नो तटस्थ परराष्ट्रनीतिलाई अवलम्बन गरेको छ । यसले गर्दा सार्कमा पाकिस्तानलाई एक्लाउने नीति नेपालका अडानका कारण असफल भएको छ ।
सार्क क्षेत्रका सीमा क्षेत्रमा आतंककारी हमला बढिरहेको हस्तक्षेपका कारण नोभेम्बरमा इस्लामाबादमा हुने भनिएको १९ औं सार्क सम्मेलन आयोजना हुन नसक्ने भन्दै भारतले वैठकमा उपस्थित नहुने जनाएपछि सार्क सम्मेलन अन्योलमा परेको हो ।
भारत नियन्त्रित कास्मीरको उरी क्षेत्रमा गत साता भएको आतंकवादी हमलामा १८ भारतीय सैनिक मारिएपछि भारत पाकिस्तानबीच तनाव बढेको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget