Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

खसीसँगै बसेर पढ्छन् विद्यार्थी

(गोपाल प्रसाद पोखरेल)



पथरी (मोरङ), ७ असोज । विद्यालयको कक्षाकोठामा को बस्ला ? तपार्इंलाई कसैले सोध्यो भने तपार्इं सहजै भन्न सक्नुहुन्छ विद्यार्थी बसेर पढ्छन् । तर मोरङको कद्माहा–५ मा अवस्थित रोज इन्टरनेसनल इङ्लिस बोर्डिङ स्कुलको हकमा भन्नुपर्दा कक्षाकोठामा विद्यार्थी र खसी संगैबसेर कक्षाकोठामा पढ्छन् ।

कक्षा पाँचसम्म रहेको सो विद्यालयमा यतिखेर अचम्मको एउटा खसी बस्छ । सो विद्यालयका प्राचार्य रामप्रसाद बर्माका अनुसार विद्यालय खुल्ने समय भएपछि खसी विद्यालय आइपुग्छ र छुट्टी भएपछि फेरि आफ्नो बासस्थानमा जान्छ । जामुनपारि जातको खसी अहिले ९० किलोको छ । सो खसी विद्यालय नजिकैको छिमेकीले पालेको हो । प्राचार्य बर्मा भन्नु हुन्छ, “ खसी छाडा नछोड्नु भनेर खसीधनीलाई भनियो, तर टेरेनन् । त्यो खसीले विगत एक वर्षदेखि निरन्तर विद्यार्थीसँग दिन बिताएको छ । त्यो खसीले विद्यार्थीलाई कुनै अप्ठ्यारो पारेको छैन ।”

प्राचार्य बर्माका अनुसार शिक्षक कक्षाकोठामा पढाउन जाँदा खसीले अटेर गरेर बस्न थालेपछि शिक्षकले पनि कक्षाकोठामा बस्न दिएका हुन् । बर्मा भन्नुहुन्छ, “जति धपाएपनि फेरि कक्षाकोठामा आइहाल्छ, पशु हो, के गर्नु ?”

विद्यार्थीले समेत खसीलाई सुम्सुम्याउने, माया गर्ने गर्दछन् । सो स्कुलमा कक्षा ५ मा पढ्दै आएका रमेश उरावका अनुसार नियमित आउने÷जाने कक्षाकाठामै बस्ने भएकाले विद्यार्थीले फुर्सदको बेलामा सुमसुम्याउने, मुसार्ने र माया गर्ने गर्दछन् । उराव मात्र होइन धेरै विद्यार्थीका लागि सो खसी माया गर्ने पशु बनेको विद्यार्थी उरावको भनाइ छ । रासस (फोटो संलग्न छ)
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget