

आजकै दिन मधेस र मधेसी विरोधी संविधान जारी भएकोले कालो दिन भन्दै विराटनगरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कालो झण्डासहित विरोध प्रदर्शन गरेका छन् । संघीय गठबन्धनले संविधानको विरोधमा असोज ३ लाई कालो दिवसको रुपमा मनाएको छ । विराटनगरमा पनि मधेश सम्बद्ध दलले विरोध जुलुस निकालेका छन् । महावीर चौकबाट सुरु भएको जुलुसले नगर परिक्रमा गरेको छ ।

बिजुली अफिस हुँदै विराटनगर उपमहानगरपालिकामा कालोझन्डा राख्दै जुलुस वीरेन्द्र सभागृहबाट विराटनगर बजारहुँदै रोडशेषमा पुगेर कोणसभा गरेको छ । कोणसभालाई सद्भावना पार्टीका केन्द्रिय सदस्य दिलीप धाडेवा, संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष राजकुमार यादव, सद्भावना पार्टीका अध्यक्ष चन्द्रप्रसाद राजवंशी, तमलोपाका मोरंग अध्यक्ष मोहमद कादिर लगायतले सम्बोधन गर्नुभएको थियो । वक्ताहरुले संविधान संशोधन नगरी मधेश आन्दोलनलाई सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने बताउनु भएको थियो । आजको विरोधलाई मध्यनजर गर्दै मोरंग प्रशासनले सुरक्षा व्यवस्थालाई कडा बनाएको थियो ।

उता, नेपालको संबिधान जारी भएको दिनको रुपमा नेपाल सरकारले गरेको संबिधान दिबशलाई पुर्बमा संबिधान दिबशलाई मञ्च सम्बद्ध संघिय लिम्बुवान मञ्चले कालो दिनको रुपमा मनाएको छ । अन्तरिम संबिधानको भाबना र लिम्बुवान थारुहट मधेश आदिबासी जनजाती आनदोलनहरुसँग भएको सम्झौताहरलाई कुल्चेर तिन दलले जबरजस्ती संबिधान जारी गरी उत्सब मनाएकोमा यो दिबशलाई बिभीन्न कार्यक्रम गरी कालो दिबशको रुपमा लिम्बुवान मञ्चले मनाएको हो । मञ्चले पुर्बको नौ जिल्लामा कालो झण्डा गाड्ने संबिधानको बिरोध सभा र साँझमा बात्ति निभाएर लगायतका कार्यक्रम गरी बिरोध जनाएको मञ्च सम्बद्ध संघिय लिम्बुवान मञ्च तेह्रथुमका अध्यक्ष देबनारायण सम्बाहाम्फे बताउनु भयो । पुर्बी लिम्बुवान लगायत मञ्च सम्बद्ध सम्पुर्ण राज्य मञ्चहरुले नेपाल ब्यापी आजको दिनलाई कालो दिबशको रुपमा मनाएका छन ।
Post a Comment