Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

काठमाडौं उपत्यकाका आधा दर्जन स्कूल अगाडि बम फेला

काठमाडौंका ४ र ललितपुरको एक वटा स्कुलमा बम भेटिएको छ।
काठमाडौंको डल्लुस्थित कञ्चजजंघा स्कुल, बौद्धस्थित राई स्कुल, आकाशदीप स्कुल, इस्टपोल स्कुल र बौद्ध दक्षिणढोकास्थित मनोकामना स्कुलमा एकाबिहानै शंकास्पद वस्तु भेटिएको एसपी प्रद्युम्न कार्कीले जानकारी दिए।

 
त्यस्तै ललितपुरको रेडियन्ट स्कुलमा पनि प्रेसरकुकर बम भेटिएको छ।
शंकास्पद वस्तु भेटिएको स्थानमा योंङ कम्युनिष्ट फोर्स र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रको पर्चा भेटिएको छ। बम भेटिएको स्थानमा सेनाको बम डिस्पोजल टोली पुगेको छ।
राजधानीमा शंकास्पद वस्तु राख्ने समूहले यसअघि काठमाडौंमा बस जलाएका थिए। सो समूहका सुमन देवकोटालगायतमाथि प्रहरीले मुद्दा समेत चलाएको थियो।
गरिवका छोराछोरीलाई देशभरका निजी स्कुलमा निशुल्क पढ्न पाउनुपर्ने, निजी विद्यालय र सरकारी विद्यालयबीच पाठ्यक्रममा एकरुपता ल्याउनुपर्ने ९ वटा मागसहित सो समूहले शंकास्पद वस्तु राखेको हो।
मनकामना उच्चमावि अघि राखिएको बम बिहान सबेरै विस्फोट भएको थियो । विस्फोटबाट गेटमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

बम राखेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी प्रमुख विक्रम सिंह थापाका अनुसार योङ कम्युनिष्ट लिगका तीन कार्यकर्ता पक्राउ परेका हुन् ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget