Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

होस्टेल संचालक हत्या अभियोगमा तीन पक्राउ

विराटनगर,भाद्र २२ गते  । विराटनगरमा होस्टेल संचालन गरी बस्ने सुनसरी औरावनीका १९ बर्षीय विनोद यादवको हत्यामा संलग्न तीन जनालाई प्रहरीले प्रकाउ गरी आज सार्वजनिक गरेको छ ।

प्रहरीले सिरहाका २२ बर्षीय राकेशकुमार यादव र १७ बर्षीय कृष्णकुमार यादव तथा सप्तरी महुवाका १८ बर्षीय जीतेन्द्रकुमार शाहलाई बिनोदको हत्या आरोपमा पक्राउ गरी सार्वजनिक गरेको हो ।
मंगलबार विहान विराटनगर १३ तीन टोलियास्थित ओमकार श्रेष्ठको घरमा बिनोद यादवको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । प्रहरीले उनीहरुको साथवाट यादवको हत्या गर्ने क्रममा प्रयोग गरिएको एक थान खुँडा, एउटा कटुवा पेस्तोल र विभिन्न व्राण्डका मोवाइल सेटसमेत वरामत गरेको छ ।
मोरङका प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीका अनुसार उनीहरुलाई प्रहरीले विराटनगर उपमहानगरपालिका २० स्थित नेपाल भारतको सिमाना दरैयावाट गएराती पक्राउ गरिएको हो ।
Bitarnagar-Hatya
विराटनगर उपमहानगरपालिका १३ स्थित दुर्गादेवि वरालको घरमा यादवले अक्सफोर्ड होम होस्टेल संचालन गदै आएका थिए । १९ बर्षीय बिनोदको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएका तीनै जना बिद्यार्थी हुन् ।

‘अहिले हामी प्रारम्भिक अनुसन्धानमा छौं, आफ्नो कोठामा बोलाएर आफुहरुले बिनोदको हत्या गरेको उनीहरुले स्वीकारेका छन् ।’ पत्रकार सम्मेलनमा एसपी भण्डारीले भने, ‘अत्याधिक मदिरा सेवन गरी विवाद गरेपछि विनोदको हत्या गरिएको हाम्रो अनुसन्धानले देखाउँछ ।’
यादवको हत्या किन गरिएको भने कारण अहिले पूर्ण रुपमा नखुलिसकेकाले पक्राउ लपरेकाहरुसँग बयान लिनेक्रम जारी रहेको प्रहरीले बताएको छ ।
मंगलवार राति विराटनगर-१३ शान्तिचोकस्थित ओमकार श्रेष्ठको घरमा १९ बर्षीय बिनोदको धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरीएको अवस्थामा शव फेला परेको थियो ।
यादवको शरीर टुक्रा-टुक्रा पारिएको थियो । मृतकको टाउको र घुंडाभन्दा मुनिको भाग विभत्स अवस्थामा बोरामा प्याक गरिएको थियो भने घाँटीदेखि तल र घुडादेखि माथिको भाग डसनामा पोको पारेर राखिएको अवस्थामा फेला परेको थियो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget