Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

काभ्रेमा यात्रुबस दुर्घटना, ३१ जनाको मृत्यु, ३५ बढी घाइते, हेलिकोप्टर मगाइयो

Birta-Daurali

काभ्रे, साउन ३१ । काभ्रेको बिर्तादेउरालीमा सोमबार दिउँसो यात्रुबहाक बस दुर्घटना हुँदा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । काठमाडौंबाट काभ्रेको कोसीपारी जाँदै गरेको बा३ख १०६ नम्बरको बस बिर्तादेउराली–७ खहरेखोलानजिकैको डाँडाबाट करिब ४ सय ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उद्धारमा गएको प्रहरी टोलीले घटनास्थलमा ३१ ओटा शव संकलन गरिसकेको र अन्यको खोजी भइरहेको जनाएको छ । शवहरु रुखहरुमा अड्किएको अवस्थामा भेटिएको पनि प्रहरीले जनाएको छ । दुर्घटनामा अरु ३५ जनाभन्दा बढी घाइते भएको अनुमान गरिएको छ । कच्ची बाटोका कारण घाइतेहरुलाई अस्पताल ल्याउन कठिनाइ भइरहेकाले हेलिकोप्टर मगाइएको पनि प्रहरीले जनाएको छ । घटनास्थल धुलिखेलबाट ६५ कोलोमीटर मिटर टाढा पर्दछ । कच्ची बाटोमा गाडी ‘ओभरलोड’ भएकै कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
- इमेज खबरबाट

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget