Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

लामालाई एकलाख रुपैयाँसहित एक वर्ष छ महिना कैद सजाय

काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापति विकास लामालाई फैसला कार्यान्वयन निर्देशनालयले वैदेशिक रोजागार कसुर ऐन अन्तर्गत पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सिन्धुपाल्चोक जिल्ला अदालत चौतारालाई पत्र पठाएको छ ।
फैसला कार्यान्वयन निर्देशनालयले साउन १६ गते पत्र पठाई फैसला कार्यान्वयन गर्न आदेश दिएको छ । जिल्ला अदालत चौतारालाई पत्र पठाउँदै फैसला कार्यान्वयन निर्देशनालयले भनेको छ, ‘धुनलाल गैरेसमेतको जाहेरीले भोटसिपा गाविस–४ स्थायी ठेगाना भएका विकास लामाको वैदेशिक रोजगार कसुर मुद्दामा भएको फैसला कार्यान्वयन गर्न निर्देशन दिएको पत्रमा उल्लेख छ ।
गैरेसहितले २०६९ सालमा दायर गरेको मुद्दा नं. १७१÷३२७ को निर्णय नं. ३० मा वैदेशिक रोजगार न्यायाधिकरणबाट १६ पुस २०७० मा प्रतिवादी विकास लामालाई १ वर्ष ६ महिना कैद र १ लाख रूपैयाँ जरिवाना हुने फैसला भएको थियो । लामाले सुरु म्यादै गुजारी बसेकाले निजलाई मुलुकी ऐन अदालती बन्दोबस्ती २०८ नम्बरबमोजिम पुनरावेदनको म्यादसमेत दिनुनपर्ने भनिएको छ ।
अनुसन्धानका क्रममा लामा २१ देखि २६ वैशाख २०७० सम्म थुनामा बसेको हुँदा अनुसन्धानका क्रममा थुनिएको ६ दिन कट्टा गरी बाँकी कैद १ वर्ष ५ महिना २४ दिन कैद र १ लाख ५० हजार लगत कसी असुलउपर गर्नू भनी वैदेशिक रोजगार न्यायाधिकरणबाट तहाँ अदालतमा लेखिपठाएको चलानी नं. २७९८ को मिति २०७० माघ २९ को पत्र प्राप्त भएको व्यहोरा उल्लेख छ ।
कैद र जरिवानाको फैसला भए पनि लामालाई हालसम्म पनि फैसलाअनुसार पक्राउ गरिएको थिएन । चौतारा र आफ्नो गाउँमा खुलेआम हिँडडुल गरिरहेको हुँदा लामालाई लागेको फैसलाअनुसार कैद जरिवाना असुलउपर गराउन जाहेरीवालाले फैसला कार्यान्वयन निर्देशनालयमा उजुरी दिएका थिए ।
जिल्ला अदालत चौतारामा समेत लामाको कैद जरिवानाको लगत नकसिएको भनी निर्देशनालयबाट फैसला कार्यान्वयनको क्रममा फोनमार्फत जाहेरीवालाले जानकारी गराएको थियो । फैसला कार्यान्वयन निर्देशनालयले लामाको लगत कसी यथाशीघ्र असुलउपर गर्ने कार्य गरी सोको जानकारी अविलम्ब फैसला कार्यान्वयन निर्देशनालयमा पठाइदिन भनिएको छ । जिल्ला प्रहरी कार्यालयलाई बोधार्थ दिएर पठाइएको पत्रमा जिल्ला अदालतसँग समन्वय गरी लामालाई पक्राउ गर्न भनिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी रवीन्द्र केसी भने आफूलाई अहिलेसम्म यो विषयमा जानकारी प्राप्त नभएको बताएका छन् ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget