Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

अचम्मको बच्चा जन्मियो


त्यसो त संसारमा हरेक दिन लाखौ बच्चा जन्मन्छन् । उनीहरु जन्मेको खासै समाचार बन्दैन । किनभने समाचार बन्नका लागि केही विशेष हुनुपर्दछ । कतिपय अवस्थामा आवश्यकताभन्दा बढी तौल वा कम तौलका कारण पनि बच्चाहरु चर्चामा आउने गर्दछन् । तर, यो समाचार भने कम तौल वा बढी तौलको होइन ।

भारतको मुम्बईकी एक महिलाले अलि विशेष खालको बच्चा जन्माएकी छन् । नवजात शिशुको तौल ४.५ किलोग्राम छ । यो बच्चाको छातीमा दुई वटा टाउकोका साथै शरीरमा तीन वटा हात पनि छ । बच्चाको दोस्रो टाउको काँधनिर छ । 

यो बच्चाकी आमाको नाम शाहीन इरशाद खाने हो । उनी मुख्यतः उत्तर प्रदेशको फतेहपुर निवासी हुन् । जब उनलाई लिभर पेनपछि मुम्बईस्थित अस्पताल भर्ना गरियो तब कसैले सोचेका पनि थिएनन् कि के हुँदैछ । उनको बच्चा देखेर चिकित्सकहरु पनि आश्चर्यमा परे । 

अस्पताल प्रशासनका अनुसार जम्ल्याहा बच्चा जन्मने गर्दछन् तर दुई वटा टाउको र एउटा मुटु भएको बच्चा ५ लाखमध्ये १ वा २ मात्र हुने गर्दछन् । सायन अस्पतालका बाल चिकित्सक (सर्जरी विभाग)का विभागाध्यक्ष डा. पारस कोठारीका अनुसार अहिले बच्चाको अवस्था सामान्य छ। उसलाई अस्पतालको निगरानीमा राखिएको छ। सबै विभागका चिकित्सकले बच्चाको जाँच गरेपछि कुनै निर्णयमा पुगिनेछ । 

चिकित्सकहरुका अनुसार जब एउटा फर्टिलाइज्ड एग दुई भागमा बाँडिएर अलग अलग हुन्छ तब यस्ता बच्चा (आइडेन्टिकल ट्वीन्स) वा यसप्रकारका बच्चा जन्मने गर्दछन् । एजेन्सी

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget