Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

बरिष्ठ पत्रकार डिल्लीराम निर्भिकको निधन

बरिष्ठ पत्रकार डिल्लीराम निर्भिकको निधन
वरिष्ठ पत्रकार तथा साहित्यकार डिल्लीराम निर्भीकको निधन भएको छ । झापाको भद्रपुर घर भएका निर्भिकको ७७ बर्षको उमेरमा काठमाण्डौमा निधन भएको हो ।
मेची अञ्चलको पहिलो दैनिक पत्रिका हिजोआजका सम्पादक तथा प्रकाशक निर्भिक पूर्व क्षेत्रका पुराना पत्रकार हुन् । त्यस्तै उनी सिद्धार्थ अर्ध साप्ताहिकको पनि सम्पादक हुन । काटमाण्डौस्थित बिजुलीबजारमा बुधबार बिहान उनको निधन भएको साहित्यकार राधेश्याम लेकालीले पूर्वप्रभालाई बताए । लेकालीका अनुसार उनी केही बर्षदेखि काठमाण्डौमा बस्दै आएका थिए ।
साहित्य क्षेत्रको बिकासमा उत्तिकै सक्रिय निर्भिक बिभिन्न संघसंस्थामा समेत आबद्ध थिए । उनकै अगुवाईमा झापामा बिभिन्न कविहरुको शालिक तथा बिभिन्न साहित्यिक पुरस्कार स्थापना भएका थिए । दुईपटक प्रेस काउन्सिलको सदस्य भईसकेका निर्भिक गोरखापत्र दैनिक झापाका पहिलो समाचारदाता भएर काम गरिसकेका छन् ।
इलामको शान्तिपुरमा जन्मेका निर्भिक २०२२ सालदेखि पत्रिकारितामा प्रवेश गरेका हुन । सीमा क्षेत्रमा भारतीय अतिक्रमणको मुद्धालाई उठान गर्ने निर्भिकलाई समाचार लेखेकै कारण प्रहरीले २०३१ सालमा जेल हालेको थियो । बिबिसी नेपाली सेवाको पहिलो झापाको फोनइन संवाददाताको श्रेयपनि उनलाई नै जाने गरेको छ । निर्भिकले नै झापामा पहिलोपटक अफसेट प्रेस ल्याएका थिए । उनको सम्मानमा नेपाली पत्रकारितामा निर्भिक नामक स्मृतिग्रन्थसमेत प्रकाशित भएको छ ।
साहित्यकार लेकालीका अनुसार उनको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । निर्भिकका श्रीमति र दुई छोरा रहेका छन् ।
पूर्वप्रभाबाट 
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget