Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

भो.. आउन्न म अबदेखि.. तिम्रो चण्डिनाच हेर्न


- निरज पोख्रेल




प्रिय साथी गणेश,


तिम्रो पत्र पाए । हामी बिचको लामो सम्वाद शुन्यतालाई त्यो पत्रले तोड्यो जस्कालागि कृतज्ञ छु तिमीप्रति । खुशी लाग्यो सुम्निमा र पारुहाङ्गको कृपाले तिमी र तिम्रा परिवारजन सबै सन्चै सुविस्तै हुनुहुंदो रहेछ । यता पनि हामी सबै सन्चै सुविस्तैमै छौ पशुपतिनाथको कृपाले ।

साथी, तिमीले सोधको रहेछौ ूयो पटक किन आएनौ चण्डिनाच हेर्नरुू भनेर । प्रिय साथी, चण्डिनाच प्रतिको मेरो रस, मेरो लगाव, मेरो रोमान्च, मेरो आस्था सबै क्षिण भैसकेको छ अब । तिम्रो गाउंमा नाचिने त्यो भव्य चण्डिनाच प्रतिको मेरो उत्कट आकर्षण अब विकर्षणमा परिवर्तित हुन थालेको छ । यद्यपी विकर्षणमा उत्कटता भने आईसकेको छैन । मेरो आप्mनै संस्कृती, मेरो आप्mनै धरोहर, मेरो आप्mनै परम्परा जस्तो लाग्थ्यो यो नाच । अह, अब लाग्नु छोडिसक्यो । सोच्थे म पनि यो संस्कृती, यो परम्परा भित्रको एउटा हिस्सा हो । अह, अब त्यस्तो सोच छैन । लाग्थ्यो म यो संस्कृती, परम्परा, आस्था संग कतै न कतै कुनै न कुनै कोणबाट अविच्छिन्नरुपमा जोडिएको छु । अह, अब हिजोआज त्यस्तो लाग्दैन । यो सब भनिरहंदा पनि मेरो अन्तर्मनले कतै… अझै पनि गर्वसाथ भन्दैछ, यो मेरो पनि संस्कृती हो । यो मेरो पनि रिवाज हो ।

यो सब किन र कसरीरुू सोध्छौ होला ।
तिमिलाई पनि थाहै छ तिम्रो गाउंमा हुने त्यो भव्य चण्डिनाच हेर्न, नाच्न कति टाढो बाट दिनहुं आउथे म । दिउंसो ४ बजे घरबाट हिडेको ठ्याक्कै बेलुकीको ६ बजेको हुन्थ्यो तिम्रो घरको दलान टेक्दा । मध्यरात पछि मात्र फर्केर घर पुगिन्थ्यो । म यत्ति रोमांचित भएर त्यो उकाली(ओराली(गोरेटँे(घोडेटोमा फालै हानुम्ला जस्तो गरेर हिड्थे कि, भनिसाध्य छैन । कुनै देउराली, भन्ज्याङ्ग, चौतारीमा निमेषभर पनि बिसाउनेवाला थिन म । न कुनै अजङ्गको उकालीले रोक्न सक्थ्यो मेरो वेगलाई न त कुनै भयावह चिप्लेटीले नै ।

तिम्रो घर पुग्नेबित्तिकै दलानमा सुकुल ओछ्याएर हुक्का तान्दै गरेका तिम्रा बा ले भन्नुहुन्थ्यो ूएह….. लु आइस् हौ केट्टारु लु राम्रो गरिस्…..। तेरो साथी त अह्ग्घी गोइपठायो त हौ । लु ताेंउम् भित्रो आमा सोञ्ङ के पाकेको छ माञ्गेर खाइवोरी जा होई । मोंउम् आउछु भरैतिर ।ू बाको आवाज सुनेर अंखोरामा पानि लिएर आउनुहुन्थ्यो तिम्री आमा भित्रबाट र भन्नुहुन्थ्यो ूएएह्.. साइलो आइपुगिस् हौरु लु लु हातगोडा धुएर आइजा भित्र । भोकाको होलास् । तात्तातो खाइहाल् । तेरो साथी भनौदो अग्घी खाएर गोइसोक्यो ।

सिनिक्क सप्mफा संग कमेरे माटोले लिपपोत गरिएको चुल्होमा लगेर खोसेल्टाको पिरामा बसायेर पासेको साग मिसाको बंगुरको मासु र भात पस्किदिनु हुन्थ्यो आमाले, झर्के थालमा । बाक्लो कालो दालले लपक्क मसिना चामलको भात र तिनपत्रे मासु सप्य्राक्क पार्दै, भकिम्लो । फिलुङ्गेको धुटे अचार चटक्क चाट्दै, रा…तो अकबरे किटिक्क टोक्दै……। आह्हा…. अविस्मरणिय छ त्यो स्वाद । अहिले पनि मुख रसायो यो पत्र लेख्दै गर्दा त्यो सब सम्झेर । संगसंगै अविस्मरणीय छ तिम्रो बा आमाको अगाध माया, अगाध स्नेह, अगाध प्रेम ।

ूतेरो घरमा त पकाउनु त परै जाओस् हुल्नुम् दिंदैन तेरो आमाबाउ ले, लु यैं अग्घौञ्ग्जी खाएर जाू भन्दै तिम्री आमाले बंगुरको मासु थपीथपी ख्वाएको झल्झली छ आखैभरी । यो सब दैनिक नै दोहोरिन्थ्यो चण्डी नसक्किउन्जेल । वहांहरुले निस्पापरुपमा दिने गरेको स्नेह, माया अझै पनि छ मनैभरी….। आंखा रसाउछ अहिले पनि त्यो सम्झन्दा । अरु त अरु तिम्रो घरको चुल्हो को देउदेउता ले समेत स्वीकार गरिसकेका थिए मलाई, झै लाग्छ अहिले सम्झदा । त्यसैले त होला मलाई केहि हुंदैनथ्यो तिमीहरुको चुल्होमा पस्दा । नत्र त राईको चुल्होमा जो पायो तेहि कहां जानु मिल्छ र । छ्यास्छ्यास्ती नै हुन्छन् रे देउदेउता भन्छन् बुढा पुरानाहरु । घरदेखि बाहिरको कोहि चुल्होमा छिर्योकी हातमुख बटारेर, आखा पल्टाएर भुइमा लडिबढि खेल्नथालिहाल्छन रे । सुनेको मैले । विश्वास पनि गरेको छु ।

ूहन हौ… यो जाठो काठोलाई त हाम्रो देउतालेम् मोनपराउछ क्या हौ गाठ्ठे११ केम् हुंदैनत यो मुलेलाई त रु११ू त्यसरी जिस्क्याउनु हुन्थ्यो तिम्रो बा ले मलाई । सम्झने त गरेको छु त्यो परिवारलाई सधै, तर यो प्रसंग संगै वहांहरुको याद अझ ताजा भएर आयो । त्यसैले यति लेखिपठाए । अझ लेख्न मन त छ वहांहरुको निश्छल प्रेम, भावनाको बारेमा तर पत्र अलि बढि लामो होला भन्ने सोचेर तिम्रो मुल प्रश्नको उत्तर तिर लाग्दैछु । अं… तिमी सोध्छौ होला ूकिनरु किन वितृष्णा मेरो चण्डिनाचप्रति रुूम उत्तर मै प्रश्न सोध्छू ूकिन बहिष्कार गर्छौ तिमी चैं हाम्रो दशैं तिहारलाईरु हिजोसम्म एउटै थालमा खाईन्थ्यो । संगै चण्डि नाचिन्थ्यो । संगै बालन खेलिन्थ्यो । संगै हुर्रा नाचिन्थ्यो । संगै धान नाचिन्थ्यो । संगै देउसी भैलो खेलिन्थ्यो ।

तिमीहामी संगै दशैको टीका थापिन्थ्यो, तिम्रा र मेरा बा आमाका हातबाट । आयुंद्रोणसुते…. भन्नु नआएर ूलु ताें आप्mफुले आप्mफुलाई नै आशिष फलाक् है केट्टा, हामी चैन जान्दुङ्न होईू भन्दै ठट्यौली गर्दै तिम्रा बा आमाले दुवै हातले निधार भरि सेता अक्षताका टिका लगाईदेको, कानमा मकैका जमरा सिउरीदेको, हातभरि दक्षिणा देको अझै पनि हरेक दशैमा सम्झने गरेको छु । आयुंद्रोणसुतेको श्लोक भन्नु नजाने पनि त्यो स्वच्छ मनदेखि निस्किएको अनेक अनेक आशिर्वादहरुले दिने गरेको आनन्दको अनुभुति अझै ताजै छ ।

वर्षेनी तिम्रो घरको चुलो पुजामा प्रसादको रुपमा हलुङ्गेको डबका भरि भाती जांड र बोहोतीभरि बंगुरको मासु चपाको विर्सेको छुइन । अनि कसरी बिर्सनु सक्नु त्यो पुजामा नभै नहुने तिते…. र त्यस्को तितोपनमा भएको मिठास….। अझैसम्म मुखैमै झुण्डीएको छ । औधि मिठो लाग्थ्यो मलाई तिते । त्यो भएर बनाउन पनि सिकेको थिए तिम्रो बा संग मैले । तर अफसोस… हाम्रो घरमा त बा आमाले कुखुरो नै हुल्नु नदिने… । अनि कुखुरो काटेर त्यस्को भुत्लाको जरालाई झर्कायेर निस्कियेको खरानीका साथै कुखरोको कर्चिमर्चि । भित्र्यास्हरुलाई भातमा मिसायेर बनाउनु पर्ने तिते ….. असंभवप्राय थियो मेरा लागि घरमा बनाउनु । त्यसोहुंदा त्यो विद्या त्यत्तिकै बिर्सिएर गयो म बाट । तर थाहा छ साथी, अझैपनि बिर्सेको छैन त्यस्को तितोपनमा भएको मिठास भने ।

सायद तिमीले चै विर्सिदियउ हौला दशैंको अष्टमीको दिनको हाम्रो घरकोे दहि(चिउरा(केरा, पर्परी भुटेको बोकाको मासु, काक्राको अमिलो खल्पी । अनि नवमीको दिन खसिको रक्ति, भुंडि । आगो बालेर वरिपरि सबैजना बसेर ह्याकुलो, गर्दन, बोसो पोल्दै पिंधेको नुन खोर्सानीसंग चोप्दै खाको । अनि विर्सियौ होला दशमीका दिन मेरा बा आमाले लगाई दिने गरेको रातो टिका, जमरा र संगसंगै आउने आयुद्रोणसुते…… परमेश्वरी नवदुर्गा भवानीको पर्सादले ….. दाम कमायेस, नाम कमायेस….. बिए आइए पढेस्… आदि आदि ।

अनि उता तिहारमा, मेरि बैनिको हातबाट पंचरंगी टिका थापेको पनि विर्सियौ होला । तिम्रो वरिपरि घुम्दै कलसको पानि चुहाउदै छेकेको यानी सम्पूर्ण दुरात्माहरुबाट जोगाउन सुरक्षा घेरा बनाएको पनि बिर्सियौ होला । बैनिले जस्केलोमा राखेर लोहोरोले ओख्खर फुटाको पनि विर्सियौ होला । विशेष तिम्रै लागि मात्र भनेर बैनिले बनाउने गरेको सयपत्रीको सिंगैसिंगै थुङ्गाको कम्मर सम्म पुग्ने माला, छड्के पारेर पैहिर्याइदेको, संगसंगै बत्तु र मखमली फुलको माला…. विर्सियौ होला । अनि बिर्सियौ होला तिम्रो दिर्घायूको, तिम्रो सदा सर्वदा सुस्वास्थ्यको, तिम्रो उत्तरोक्तर प्रगतिको कामना गर्दै धुप(बत्ति बालेर, शंख घण्ट बजाउदै फुल अक्षताले तिम्रो पुजा गरेको । अनि बिर्सियौ हौला ढाकाटोपी(रुमाल, सेलरोटी, पाते रोटी, सिंकेरोटी, अर्सा, अनर्सा, पत्रे, फलपूmल, काजु(किसमिस(बदाम(ओखर आदि आदिको ठूलो टपराभरिको भाग ।

नबिर्से पनि बिर्सिने कोशिस गर्दो हौ । किनकी तिमी दशै तिहार विरोधी भएछौ । आजको दिनसम्ममा जतिओटा पनि तिमीले दशै मनायौ, तिहार मनायौ त्यो सबको पश्चाताप हुंदो हो तिमीलाई । ग्लानीले भरिएको हौला रोमरोम भरि । थुइक्क….११ हाम्रै पुर्खाहरुको पराजयको जश्न पो मनाइरहेको रहेछु मैले त ११ हाम्रै पुर्खाहरुको रगतमा मुछेको अक्षता पो लगाइरहेको रहेछु मैले त ११ू भनेर कति मुर्मुरिंदो हौ आफैसंग । रावणहरु हाम्रा पुर्खा थिएछन् । मैशासुरहरु हाम्रा पुर्खा थिएछन् । तिनिहरुको बध गरिएको खुशियाली पो मनाउदै रहेछु मो तू भनेर कत्ति धेरै दुःखी हुंदो हौ ।

ल ठिक छ….। तिमी आप्mनो ठाउंमा सतप्रतिशत जायज हौला । तिम्रा चित्त दुखाईहरु गंभिररुपले विचारयोग्य होलान् । गंभिर रुपमाले मननयोग्य होलान् । तर…. दशैंलाई बहिष्कारै गर्नुपर्ने ठाडैरु नमनाउ, नमान । बन्दै नमान । पुरै परहेज गर । वर्जित गर । त्यो तिम्रो अधिकारको कुरो हो । तर….. चोक चोक गल्ली गल्लीमा गएर बहिष्कारको उग्र नारा लगाउंदै हिड्नु पर्नेरु भित्ता भित्तामा तिरस्कारले भरिएका पोष्टर पम्प्लेट टास्दै हिड्नु पर्नेरु सामाजिक संजाल भरि घृणाका शब्दहरु ओकल्दै हिड्नु पर्नेरु हामीलाई त ढुङ्गा हान्यौ हान्यौ तर तिम्रै समुदायका कोहि कसैले मनाउन खोजिहाले ूसमुदायबाट सदाका लागि बहिस्कृत । तिरस्कृत गरिनेू धम्की दिंदै हिड्नु पर्नेरुू
हन हौ……. के पो विगारिदिएको छ हौ त्यत्तिसारो दशैतिहारले तिमीहरुकोरु वर्षदिनमा एक दिन सबै परिवार, नातागोता, भानाभान्जा, ज्वाइचेलो, चेलिमाईती, इष्टमित्र, साथीभाई, छरछिमेकसंग भेट हुने अवसर त दिन्छ दशैले कमसेकम ।

आप्mना दैनन्दिनीका कथाब्यथाहरु, आप्mना विजय पराजयका किस्सा कहानीहरु, आप्mना हर्षेाल्लास र विष्मतका अनुभुतिहरु एकापसमा साट्ने मौका त दिन्छ दशैको भेटघाटले । त्यस्मा तिम्रो के विग्रिन्छरु घरका अग्रजहरुले, बुढापाकाले आफुभन्दा सानालाई आशिष दिन्छन्, मार्गदर्शन गर्छन । चेलिले माइतिलाई सुस्वास्थ्य, दिर्घायुको कामना गर्दे पुजा गर्छिन । त्यस्मा तिम्रो के जान्छ साथीरु मलाई त केहि जान्छ जस्तो लाग्दैन । केहि बिग्रन्छ जस्तो पनि लाग्दैन । अनि हाम्रो मनै भांच्चिने गरि किन कुर्लनु बहिष्कार.. बहिष्कार.. बहिष्कार.. भन्दै । किन कुर्लनु मुर्दाबाद… मुर्दाबाद… मुर्दाबाद… भन्दै । किन प्रहार गर्नु घृणाका ढुङ्गाहरुले ।

ूयो आगन्तुक धर्मले हाम्रो रैथाने धर्म संकृतीलाई मास्यो । बिग्रह ग¥यो । हाम्रो मुन्धुमलाई निस्क्रिय बनायो । यस्लाई छोड्नुहुन्नू भन्दै दागा धड्छौ हामीलाई । तर यै तिम्रो अंधविरोधको आडमा छेलिएर अर्कै कुनै एउटा आगन्तुक धर्मले तिम्रो समुदायबाट तिम्रा आप्mनाहरुलाई खुसुखुसु चिप्ल्याउदै आप्mनोतिर गाभ्दै गरेको चै टुलुटुलु हेरेर बसिराछौ । गाभ्न पनि यसरी मटियामेट हुनेगरि गाभ्छ कि, न त त्यो बिचरोले प्रकृती माताप्रति धन्य हुंदै चण्डि नाच्नु पाउछ, न त कुलपितृलाई सम्झदै चुलो पुजा नै गर्नु पाउछ । न उधौली, न उभौली पुजा नै । न चासोक् तङ्नाममा जांडको छोक्राले पुजा गर्नु पाउछ । न त न्वांगीपुर्णे मा चामल सांधि खान पाउछ । न रोदि नाच्नु पाउछ न त केलाङ नै । न त धान नाच्नु पाउछ न त हुर्रा नै । न च्याब्रुङ बजाउन पाउछ न त डम्फु नै । न त पालामको भाका हाल्नु पाउछ न त हाक्पारेमा लय । न त ढ्याङ्ग्रो ठटाउदै फेदाङ्वालाई जोखाना देखाउनु पाउछ । न त झर्केथाल ठटाउदै बिजुवालाई चिन्ता राख्नु पाउछ । बुढोसुब्बामा भाले काट्नु त झन् कल्पना बाहिरको कुरो ।

अर्रेयार साथी.. कमसेकम यो सब त गर्न सक्छौ नि हाम्रो धर्ममा । कसैको करकाप छ र ूयो सब नगरू भनेररु बरु उल्टो हामी पनि आप्mनै सम्झेर हर्षोल्लासका साथ सम्मिलित हुने गरेकै हो । को मित्र को शत्रु बेलैमा बुझ्ने बेला आएको छ तिमीहरुले साथी । हैन भने तिम्रा घरहरुमा चण्डिमा बजाउन भनि तिम्रा पिता पुर्खाले आप्mनै हातले मिहिनेत गरेर बनाएर संरक्षण गरेर राखेका ढोलढ्याङ्ग्रा र झ्यालीझ्याम्टाहरुलाई विस्थापित गर्नेछन् ड्रमसेट, कङ्गो र पियानो हरुले । तिम्रा पिता पुर्खाले जोगाएर ल्याएका धरोहरहरु फर्केर फेरि कदापी हेर्न पाउने छैनौ तिमीले । र, तिम्रा सन्ततीले त झन् सुन्न सम्म पनि पाउने छैनन् तिनिहरुका बारेमा ।

तिम्रा घरका नारीहरुले न त कानमा ढुङ्ग्र्री लाउन पाउनेछन् न त नाकमा झम्केबुलाकी नै । न त लुर्केसुन झुण्ड्याउन पाउनेछन् कानमा न त शिरमा शिरफुल सजाउन । जुन तारा त कता हराउछन् कता । लु टिका(सिंदुर(पोते त हाम्रो धर्मबाट आयो रे, त्यागीदेउ । तिम्रो खुशी । तर तिम्रो आप्mनै सिरबिंदु, तिम्रो आप्mनै नौगेडि, तिम्रो आप्mनै हारी र पुवालो चुट्टिएर नभेट्टिने गरि खोलामा बग्ने बेला आउला जस्तो हुन लागेको बारेमा तिमी र तिम्राहरुलाई किन हेक्का सम्म हुन नसकेको साथी ।

तिमी, उग्र राग अलाप्दैछौ हामी तिर फर्किएर, तिम्रो पछाडिबाट तिम्रो सुरुवालको इजार काट्टिदै गरेको भान किन नभको भन्या । अब एक्कैचोटी सुरुवाल खुस्केर तल झरेपछि मात्र ूज्या…१११ू भन्नेरु हन एउटा कुरा भनिदेउ त साथी, अरुहरु नपढेका सोझासाझा त सोझासाझा भए रे, तिमीहरु पढेकाहरु, बुझ्झकीहरुको चै किन यस्तो मति नि साथीरु मलाई त शंका लाग्न थालेको छ साथी, कतै तिमीहरु पनि डलरको बिछ्यौनामा सुत्ने रहर पालेर हामीसंग युद्ध गर्न निस्किएका त हैनौरु थुप्रै भो, मलाई, तिमीहरुको हुंकारमा प्रायोजनको गंध महशुस हुन थालेको । यो गंधले तिम्रा पितृ पुर्खाहरुको आत्मा नपोलोस । नबगोस् तिम्रा पितृ पुर्खाहरुको आखाबाट आशु त्यो दुर्गन्धको रापले । बेलैमा सचेत होउ साथी।

तिमी दशै नमनाउ । तिमी तिहार नमनाउ । तिमी शिवरात्री नमनाउ । तिमी तिज नमनाउ । झन् जनैपुर्णे । रक्षाबन्धन त मनाउदै नमनाउ । र अरु अरु के के छन् हामीहरुले मनाउने त्यो सब पनि नमनाउ । तिमीलाई कसैले बाध्य गर्दैन । तिमी स्वतन्त्र छौ । तिम्रा आप्mनै चाडवाडहरु छन्, पर्वहरु छन् । त्यै सब मनाउ । त्यस्मै रमाउ । तिमी हाम्रो वेदको मन्त्र नसुन । तिमी आप्mनै मुन्धुम्को मन्त्रहरुमा मुग्ध होउ । कसैले रोक्दैन, रोक्नै सक्तैन । तिमी स्वतन्त्र छौ त्यो सबका लागि । बरु सक्छौ भने हामीलाई पनि डाक । तिम्रो हर्षोल्लासको हिस्सा हुन तिमीसंगै पलेटी मारेर अवश्य बस्नेछौं हामी । बसेकै पनि हो । कसैले तिमीलाई रोक्ने कोशिस गरे बरु भन त्यो संग पांैठेजोरी खेल्न परे खेलौला । सिंगौरी खेल्न परे खेलौला । म स्वयं मैदानमा उत्रने छु । जबकी त्यो मेरो घरभित्रकै मान्छे नै किन नहोस् ।

तर साथी, कृपया विन्ति छ तिम्रा ति घृणाका ढुङ्गाहरुले अब नहिर्काउ यो मनहरु छल्र्याम्छुर्लुम्म फुट्ने गरि । अब बरु, हामीलाई गाली गलौज गर्नुको सट्टा, यै हामीप्रतिको तिम्रो घृणालाई मौका बनाएर, अर्को तेश्रोले तिम्राहरुलाई तिमीबाट तर्काउदै गरेको बारे गंभिर भएर सोच । हुन त हाम्रोहरुमा पनि यो कोढि रोग नलागेको हैन । नगको त धेरै राम्रो हो तर हाम्रोबाट २ ( ४ सय अर्को धर्ममा गएर खासै फरक पर्दैन तर तिम्रोबाट गए भने तिम्रो धर्म संस्कृतीलाई ठूलै क्षय हुन्छ कालान्तरमा । मनन गर साथी ।

इतिहासले तिमीहरु माथी कति अन्याय ग¥यो त्यस्को रोष वर्तमानका हामीहरुलाई पोखेर केहि हात लाग्नेवाला छैन । बरु मिलेर, संयमित भएर, त्यो अन्यायको लेखाजेखा गरौला । कहां भुल गरेछन् कहां चुकेछन् हाम्रा पुर्खाहरु र त्यस्लाई कहां सच्याउन सकिन्छ कहा सोझ्याउन सकिन्छ त्यस्को सिंहावलोकन गरौला दुवै मिलेर । भत्काउनै पर्ने केहि देखिए भत्काउला बरु… दुवै मिली काधमा काध मिलाएर । कसिलो हातेमालो गरौला तिम्रो धर्म, संस्कृतीको उन्नयनका लागि ।

ूभाई फुटे गवांर लुटेू भने झै यहां त अर्को तेश्रोले फाइदा लिदैछ र पो यो सबको, सोच्ने बेला आयो त । यो फुटको मन्त्र तिम्रो कानमा उस्ले यसरी फुक्दैछ कि, सहजै तिमी उस्को वसिभुत हुंदैछौ । उ त अझ उग्र बनाउने खेलमा छ तिमीहरुलाइर्, हामी विरुद्ध । उस्को त चरित्र नै त्यस्तै हो । संसारभर उ यसरी नै अर्काको घरमा घुसीरहेको छ भाई(भाईलाई फुटायेर । संयमित बनेर सोच साथी । हामी भाईभाईको द्वन्द्व लड्दै गरौला कालान्तारमा तर पहिले हाम्रो घर चै बचाऔं न साथी । बरु मैले गर्नसक्ने केहि भए नहिच्किचाई भन । हरपल तैयार छु । अर्रे यार केहि नभए पनि कम से कम तिम्रो र मेरो छालाको रङ्ग त मिल्छ यार । तर हेर त त्यो तेश्रोको छालाको रङ्ग । त्यो छाला, कुनै हालतमा हाम्रो जस्तो घामपानीले खारिएको छाला हुंदैहैन ।

खैर….
साच्चै भन्ने हो भने ूचण्डि तिम्रो ( दशै मेरोू भनेर कहिंले सोचेकै्र थिएन हामीले त । मेरो बुवाआमाले पनि कहिले त्यसरी बताउनु भएन चण्डिनाचको बारेमा । वहांहरु त जहिले प्रोत्साहित गर्नुहुन्थ्यो मलाई चण्डि नाच्नुको लागि । यो हाम्रो देशको संस्कृती हो, रितिरिवाज हो भन्नुहुन्थ्यो । ूआप्mनै होू भन्नुहुन्थ्यो । मेरो बुवा आमा दुवै सानैदेखि राई गाउंमा हुर्कनु भएकोले पनि होला विशेष लगाव थियो वहांहरुको चण्डिनाच प्रति ।

ूसिमली सेउली सिलीली, नाचीमा दिम्की फिलिलि ।ू ूसिमली सेउली भाचुञ््ला, बैशाखे पुर्णेमा नाचुञ््ला….. सोइसोइला है हुर्रा हा हा११ू मलाई मेरो आमाले सिकाउनु भको चण्डि नाच्दा गाउने गित भनेर । कत्ति धेरै प्रेम थियो वहांलाई र हामी सबैलाई यो संस्कृती प्रति । कत्ति धेरै मोह थियो यो परम्परा र रितिरिवाजहरु संग । तर अब भो………… तिमीले हामीतिर फर्केर बारम्बार अलाप्ने गरेका घृणा र बहिष्कारका उग्र स्वरहरुले मेरा मनमा भएका सद्भावहरु जम्मै फाटिसके । धुज्जा धुज्जा भैसके । ध्वस्त भैसके । वितृष्णाको जालोले सम्पूर्ण मनमस्तिष्क नै ढाकीसक्यो ।
त्यसो हुंदा…., भो.. अब म पनि गाउन्न तिम्रो सिमली सेउली सिलिलि । नाच्नुछैन मलाई बैशाखेपूर्णेमा फिलिली । सुन्नुछैन मलाई पनि तिम्रो ढोलको ढोङ्कु ढोङ्कु ढोङ्कु र भ्mयालीको झ्याम्कु झ्याम्कु झ्याम्कु । मलाई माफ गरि देउ साथी, अब म पनि आउन्न तिम्रो चण्डिनाच नाच्न, चण्डिनाच हेर्न ।

यो सब लेख्दैगर्दा गहभरि आसु छन् र अक्षरहरु धमिलिंदैछन् । मन बोझिल छ । तन शिथिल छ । अन्तर्आत्मा क्रन्दन गर्दैछ ूकिन मलाई मेरो प्यारो संस्कृतीबाट अलग्गिन बाध्य पारिदैछरु किन म भित्र छपक्कै भिजेको रितिरिवाजबाट मलाई छुट्टिएर हिड्न मजबुर गरिंदैछ रु किन म भित्र अविच्छिन्नरुपमा जोडिएको परम्परासंग नाता तोड्न मलाई दबाब दिइंदैछ रु कस्ले देला यस्को उत्तर रु तिमी दिनु सक्छौ साथीहरु
बा आमालाई यो साइलोको धेरै धरै धेरै सम्झना र धेरै धेरै धेरै सेवा ढोग सुनाईदिनु ।

-source : purbelinews
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget