Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

धर्मनिरपेक्षता– गृहयुद्धको आव्हान


मानव सभ्यताको उद्गम स्थल हाम्रो कैलाश हो । आदि मानव मनु यही माटोमा उदाएका थिए । विश्वका देवाधिदेव महादेवको शिर प्रशिद्धपिठ संसारकै सवैभन्दा ठूलो शिवलिंग भएको हिन्दु ॐकार परिवारहरुको आस्था र गौरव परमपिता पशुपतिनाथ विराजमान भएको मुलुक हो नेपाल । जो सृष्टिकालदेखि नै सनातन हिन्दु धर्मावलम्वीहरुको ढुकढुकीको रुपमा रहेको छ । संसारका विश्व प्रसिद्ध व्यक्तित्व, वेदव्यास, कालीदास, पाणिनी, विष्णु गुप्त, गौतमवुद्ध, योगी नरिहनाथ जस्ता वीर पुरुषको जन्म स्थान नेपाल आज इशाई मुसाई र देशद्रोहीको नाङ्गोनाच देखाउने थलो भएको छ ।
मानव सभ्यताको शुरुवात सँगै नेपाल सनातन हिन्दु राष्ट्र नै थियो । संविधान विधानमा जे लेखेपनि, राष्ट्रिय जनगणनामा अबौं खर्च गरेर इशाई मिशनरीले षडयन्त्र गर्दा पनि हिन्दु ॐकार परविारको संख्या ९४ प्रतिशत थियो गत जनगणनामा । कुर्सी र कमिशनका लागि आफ्नो शरीरको भ्रष्टाचार र राष्ट्रघात पछि राष्ट्रपति हुने विदेशी ललिपपको आस्वासनमा दिवास्वप्न देखेर कुनै आन्दोलनको एजेण्डा नभएको गणतन्त्र घोषणा गरे । नेपाली कांग्रेसको सिद्धान्त र आदर्शलाई उग्रवादी कम्युनिष्टको पोल्टामा हाले । त्यति मात्र गरेनन् इशाई मुसाईको प्रलोभनमा परेर धर्मरिनपेक्षता सँगै संघीयतामा जाने निर्णय गरे । जब राष्ट्रपति बन्ने बेला आयो त्यसबेला तिनै विदेशीहरुले ‘ओ तो नहि होगा’ भनेर भने । कुर्सी र कमिशनका लागि देशको राष्ट्रिय अस्तित्व समेत सहज रुपमा वेच्न सक्नेले पदमा पुगेपछि हामीलाई टेर्दैन । तसर्थ उसलाई राष्ट्रपति बनाउनु हुँदैन । हामीलाई सहज हुने रामवरणलाई वनाउनु पर्छ भनेपछि गिरिजालाई गम्भीर रोगले च्याप्यो । आफूले गरेका राष्ट्रघात, जनघात र भ्रष्टाचारले उनलाई पोल्न थाल्यो । तयहि पिरले उनलाई क्यान्सर भयो । राष्ट्रघातीहरु चाहे लेण्डुप दार्जे होस् या गिरिजाप्रसाद त्यस्तको मृत्यु त्यसरी नै भएका छन् । त्यसता देश र जनताप्रति घात गर्नेहरु प्रायश्चित गर्दै कुहिएर मरेका छन् । तड्पीड्पी मरेका छन् । एशियाका नेता भनेर प्रयोग गर्ने विदेशीले पछिल्लो पटक एलडिसीसम्म पनि गिरिजालाई भेट्न गएनन् । विदेशीले काममा आइन्जेल महापुरुष एशियाका नेता भन्छन्, काम सकिएपछि ‘शैतानका पिल्ला’ भन्छन् ।
जनु देशमा एटटा संसद भवन छैन, एउटा विमानस्थल समेत युरोपले कालोसुचीमा राखेको छ, असुरक्षित भने । विदेशी दान पाइएन भने दैनिक प्रशासन चल्दैन । हज्जारौ नागरिक गुफामा बस्छन्, खान नपाएर वर्षमा हज्जारौ नेपाली मर्छन् । लाखौं नेपाली विदेशी भूमिमा रगत पसिना बगाउँछन् । सयौंले उतै ज्यान गुमाउँछन् । चरम गरिवीका कराण सयौले आत्महत्या गर्छन् । उपचरा गर्ने पैसा नभएर ठूलो संख्यामा नेपालीहरु मृत्युवरण गर्न वाध्य हुन्छन्, अपाङ्ग हुन वाध्य हुन्छन् । त्यस देशमा संघीयताको घोषणा– सरसर देश टुक्र्याउने षडयन्त्र हो । ‘जहाँ संघ त्यहाँ भङ्ग’ संयीतामा एकता हुँदैन गरिव र अविकसित देशमा । राष्ट्रप्रति वफादार एवं समर्पित होइदैन– प्रान्तप्रति मोह हुन्छ नेपाल प्रति हुँदैन । एउटा सिंगो आसाम टुक्रिएर एकदर्जन प्रान्त हुन लागिसक्यो । शुरुमा यति प्रान्त भनिन्छ पछि विदेशी र राष्ट्रघातीहरुले टुक्र्याउँदै रोपनीरोपनीमा विगाहाविगाहामा राज्य बनाउने छन् । भारतमा नै हेरौ न हामी वंगाली, विहारी, पंजावी, तमिल, राजस्थानी, मद्रासी, महाराष्ट्रवासी, उत्तराञ्चलवासी आदि आदि भनिन्छ हिन्दुस्तानवासी भनिदैन । मेचीकाली विचको भूभाग सिंगो नेपाल र नेपालीको हुँदेन । अहिले संघीयताको कुरा चल्नासाथ राष्ट्रिय झण्डा जलाउने, देश टुक्र्याउने कुरा गर्दै क्षेत्रीयतावादी, पृथकतावादीहरु देश टुक्र्याउने सार्वजनिक अभिव्यक्ति दिदैछन्, देश टुक्र्याउने नक्सा बाढ्दैछन् । भोलि संघीयतामा गए पछि देशको राजधानी समेत नाकाबन्दीमा पर्छ ।
विश्वविख्यात धर्मगुरु स्वामी चन्द्रेश भन्नुहुन्छ –‘भोलि संघमा गएपछि इशाईहरु यति पैसा दिन्छौ, यसो गर, उसो गर भनेर प्याकेज लिएर आउँछन् । इशाईकरण सँगसँगै नेपाली नेपाली विच काटमार ल्याउन साम्प्रदायिक दंग, विद्रोह मच्चाउन लाग्ने छन् । त्यति बेला हाम्रो सार्वभौमिकता समेत खतरामा पर्न सक्छ । नेपालको राष्ट्रियता, राष्ट्रिय संस्कृति एवं विकासका लागि पनि सनातन अखण्ड हिन्दु राष्ट्र रहनुपर्दछ ।
वास्तवमा इशाई मिशनरीको खवौं डलरका भरमा कथित ठूला दल, चार दलका नाममा राष्ट्रघातीलाई प्रयोग गरेर दलको, बलको आडमा नेपाल टुक्र्याउँदैछ । माओवादीले जनयुद्धको नाममा गाई काटेर मन्दिरमा आन्द्राभुढी वेरे, पुजारीको हत्या गरे, जनै चढाए, टुप्पी काटिदिए, आमाबाबुको क्रिया गर्दा क्रियापुत्री मारे, चाडपर्व व्रत मनाउन दिएनन्, इशाई मिशनरीको अवौं रकम खाएर त्यसो गरे । अझ धेरै रकम दिएपछि धर्मनिरपेक्ष राष्ट्र घोषणा गरियो । देशका ९५ प्रतिशत जनताले विरोध गरेपछि अर्को षडयन्त्र गर्दै धार्मिक स्वतन्त्रता भनिदैछ । हामी शिरमा कफन वाँधेर आफ्नो राष्ट्रिय धर्म संस्कृति एवं राष्ट्रियता जोगाउन अघि बढौं । संघीयता र धर्मनिरपेक्षता धोका हो । संविधानका नाममा देश टुक्राउने अधिकार कसैलाई छैन । चार दलको नाममा ९५ प्रशित जनचाहना विपरित धर्म निरपेक्षता वा धार्मिक स्वतन्त्रताको नाममा जनघात गर्ने काम गरियो भने त्यो गृहयुद्धको आव्हान हुनेछ । जसले परिणाम भयावह ल्याउन सक्छ ।
प्रसाई हिन्दु प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष हुन् ।
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget