
शनिबार दिउँसो ४ बजे पिसाब बन्द भई ज्यान सुन्निएपछि उहाँलाई अस्पताल लगिएको थियो । अस्पतालबाट सामान्य उपचार पछि खपाङ्गीलाई उहाँको निवास ललितपुर नख्खुदोबाटो लगिएको थियो ।
फाउण्डेशनका अध्यक्ष थापाका अनुसार घरमा ल्याएपछि समस्या भएपछि फेरि न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा उहाँको शनिबार बेलुकी १० बजेर २२ मिनेट मा अस्पतालमै निधन भएको हो । २०६९ साल भदौ २२ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहको पालामा खपाङ्गी ८ महिनासम्म महिला तथा बालबालिका मन्त्री बन्नुभएको थियो ।
Post a Comment