Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

मधेसी मोर्चाले घोर अनैतिक कार्य गरेको तमराको आरोप


विराटनगर, साउन १८ गते । तराई मधेश राष्ट्रिय अभियानले मधेसी मोर्चाले घोर अनैतिक, अतार्किक र जनता प्रति कृतध्न कार्य गरेको आरोप लगाएको छ ।
अभियानका संयोजक जयप्रकाश गुप्ताद्वारा केहीबेर अगाडी जारी विज्ञप्तिमा भनिएको छ– मधेसी मोर्चाले सत्तामा जानका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रसंग समझदारी गरेको छ । यो सत्ता समर्पण र मुद्दा विसर्जनवादी सोचका, मधेसी मोर्चामा रहेका सत्तालम्पट पार्टीहरुको घोर अनैतिक, अतार्किक र मधेसी जनता प्रतिको घोर कृतध्न कार्य हो । जारी विज्ञप्तिमा भनिएको छ, तराई मधेस राष्ट्रिय अभियानले यसलाई मधेसीको आत्मसम्मान समाप्त पार्ने घोर अनैतिक कार्य मान्दछ ।
मोर्चाको यस कूकार्यले मधेस आन्दोलनमा शहीद भएका र घाईते पिडीतहरूको तेजोबध गरिएको ठान्दछ गुप्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अनि सोही संविधानको अक्षरशः कार्यान्वयन गर्ने प्रतिवद्धताका साथ प्रधानमंत्रीको उम्मेदवार भएका सुशील कोईरालालाई भोट हाल्नु, फेरी प्र.म. के.पी. ओली सरकारको बिरूद्ध अविश्वासको प्रस्तावमा सहीछाप गरी भोट हाल्नु, सर्वत्रको आलोचनालाई वेवास्ता गरी अर्को सरकारको प्रधानमंत्रीका उम्मेदवार प्रचण्डको लिखित प्रस्तावको समर्थक बन्नु र उस्को लागि मतदान गर्ने निर्णय गर्नुले नै स्पष्ट हुन्छ(कि मधेसी मोर्चा आजको दिनमा संसद भित्रको सत्तापक्ष भएको छ । ]
नैतिकताले र संसदीय आदर्शले यही नै भन्छ । यति हुदाँहुदै मधेसी मोर्चाले आफुलाई मधेसी जनताका लागि संघर्ष गरिरहेको भन्नु पानी माथीको ओभानो भन्ठान्नु हो । अर्थात, सम्पूर्ण रूपमा आफुलाई नग्न बनाई सकेपछि पनि बस्त्र लागाएको ठान्नु सरह हो, अभियानका संयोजक जयप्रकाश गुप्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget