Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

नेवार समुदायमा आज गठे मंगल पर्व मनाइँदै


काठमाडौ, १७ साउन । नेवार समुदायमा प्रचलित गठे मंगल पर्व आज मनाइँदैछ । राक्षसी स्वरूपको घन्टाकर्ण दहन गर्दै नेवार समुदायले आज देशभर यो पर्व मनाउने गर्दछन् । 

श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठे मंगललाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ । दुष्टात्मा र भूतप्रेत पन्छाउन घरमा सफा सुग्घर गरेर घन्टाकर्ण दहन गर्ने चलन रहेको छ । 

आजको दिन दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठेमंगललाई घाम अस्ताएपछि ढालेर नदीमा लगेर विसर्जन गरिन्छ । त्यसअघि, नेवार समुदायमा टोलवासीलाई छ्वालीको चिराग समात्न लगाई तीनपटक परिक्रमा गराउने परम्परा रहेको छ । 

कतिपय स्थानमा भने विभिन्न ठाउँमा भएका गठेमंगल एकत्रित गरेर जलाउने चलन पनि रहेको छ । परापूर्वकालमा नास्तिक व्यक्तिले ‘भगवानको नाम सुन्न नपरोस’ भनी कानमा घन्टा झुन्ड्याएको र उसको आतंकले धेरैलाई अपठ्यारो परेकाले उसको आज दहन गरिएको कथन रहेको छ । 

ज्यापू समुदायमा धान रोप्ने बेला आमन्त्रण गरिएको शक्ति पन्छाउन यो पर्व मनाउने गरिन्छ । उपत्यकामा विशेष गरी इन्द्रचोक, म्याँपीलगायतका स्थानमा गठा मंगल ठड्याउने गरिन्छ भने उपत्यका बाहिर ताप्लेजुङ, संखुवासभा सहित नेवार समुदायको बाक्लो बसोबास भएको स्थानमा विषेश महत्वका साथ यो पर्व मनाउने चलन रहेको छ । केही स्थानमा आजबाट सुरु भएको पर्व लाखेजात्र, रोपाई पर्व र गाईजात्रा मनाएर सम्पन्न हुने गरेको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget