Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सुर्यबाट ज्वाला निस्कियो, नाअत्तिनु : नासा

साउन १७ – सूर्यले गएको हप्ता तीन वटा मध्यम स्तरका सौर्य ज्वाला उत्सर्जित गर्‍यो । आफ्नो ११ वर्षे सक्रिय चक्र पूरा गर्ने अवस्थामा पुगेको सूर्यले गएको जुलाई २२ र २३ अर्थात साउन ७ र ८ मा तीनवटा मध्यमस्तरका ज्वाला उत्सर्जित गरेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ । यी सन् २०१६ को अप्रिलपछिका सबै भन्दा ठूला सौर्य ज्वाला हुन् । सूर्यको गतिविधि एक्कासी सक्रिय भएकाले यस्तो ज्वाला फैलिएको नासाको भनाई छ । सूर्यको गतिविधि नियाली रहेको नासाको सोलार डाइनामिक्स अब्जरभेटरी एडिओले ज्वाला उत्सर्जित हुँदाको तस्बिर खिचेको छ । ज्वालाबाट निस्किएको घातक विकिरण पृथ्वीको वायुमण्डल भएर नगएको नासाको भनाई छ । तर यस्ता ज्वालाले जिपिएस तथा सञ्चार सिग्नललाई भने अवरोध गरेको थियो । 
यसबाट डराउने पर्ने अवस्था नरहेको नासाका वैज्ञानिकले बताएका छन् । यो सूर्यमा भइरहने प्रक्रिया हो । सामाजिक सञ्जालमा सौर्य ज्वालाका कारण पृथ्वीमा लामो समय अन्धकार हुनेसहितका हल्ला फैलिए पनि त्यसमा कुनै सत्यता नरहेको नासाले स्पष्ट पारेको छ ।
 
यसअघि सन् २०१४ अक्टोबर–नोभेम्बरमा निश्किएको सौर्य ज्वालाका कारण पृथ्वीमा ६ दिन अन्धकार हुने हल्ला चलेको थियो । यसपटको पहिलो सौर्य ज्वाला जुलाई २२ (साउन ७) मा पृथ्वीको सतहमा ठोक्किएको नासाले जनाएको छ । दोस्रो ज्वाला जुलाई २३ तथा तेस्रो ज्वाला त्यसको १५ मिनेटपछि पृथ्वीमा ठोक्किएको र यसले केही नोक्सानी नगरेको नासाले उल्लेख गरेको छ । 

– स्रोत : नासा


Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget