
उनलाई हृदयाघातको आशंका गरिए पनि परिक्षणका क्रममा हृदयाघात नभएको चिकित्सकले बताएका छन् । उनलाई फोक्सोको निमोनिया रहेको उपचारमा संलग्न चिकित्सक डा. लव जोशीले जानकारी दिए । उनको फोक्सोको देब्रे भागमा निमोनियाको अत्याधिक संक्रमण रहेको छ ।
चिकित्सकका अनुसारको अहिले उनको मुटुको चाल ९०/६० रहेको छ । बिहान साढे ५ बजे उनको रक्तचाप ६०/४० थियो । पिसाब बन्ने क्रम प्रतिघण्टा ५० एमएल रहेको छ । रक्तचाप कम भएकाले उनलाई अहिले तीन थरी औषधि दिइएको छ भने शरिरको तापक्रम बढाउन नदिने उपाय अपनाइएको छ । उनको मुटु एक मिनेटमा एक सय ३० पटक धड्किरहेको छ ।

ओम अस्पतालका मेडिकल डाइरेक्टर डा हरिश जोशीले अधिक बान्ताका कारण श्वासप्रश्वासमा समस्या भएको र त्यसकै इन्फेक्सनका कारण अचेत भएको हुनसक्ने जानकारी दिए ।
पारिवारिक स्रोतका अनुसार कोइरालाले मङ्गलबार राति पिज्जा खाएपछि बान्ता भएको थियो । लगातार बान्ता भएपछि उनलाई ओम अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
उनको स्वास्थ्यलाई स्थिर राख्ने प्रयास गरीएको छ । उनको उपचारमा डा. अर्जुन कार्की, डा. भगवान कोइराला, डा. युएन पाठक, डा. लव जोशी, डा. श्याम महर्जन, डा. सुवाश आचार्य, डा. महेश भट्टराई, डा. रविन्द्र श्रेष्ठ, डा रावल पाठक, डा. पिके क्षेत्री, डा. हरिकिशोर श्रेष्ठ, डा. हरिश जोशी लगायतका १५ जना भन्दा बढी चिकित्सकको टोली सक्रिय रहेका छन्।
- -स्वास्थ्य खबरपत्रिकाबाट।
Post a Comment