Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

करेन्ट लागेर दुवै हात गुमाएकी मेघालाई सहयोगी हातको खाँचो


विराटनगर, १६ साउन । करेन्ट लागेर दुवै हात गुमाएकी विराटनगर ११ कि १९ वर्षीया मेघा कार्कीलाई अष्ट्रेलियाको एक संस्थाले उपचारका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । आज विराटनगरमा आयोजित एक कार्यक्रमका बीच निर्माता तथा निर्देशक समेत रहनुभएका गजेन्द्रराज थापाले ‘लाफिङ रेन्बो’ नामक संस्थाको तर्फबाट सो रकम हस्तान्तरण गर्नुभएको हो ।



अष्टे«लियमा च्यारिटी कार्यक्रम गरेर प्राप्त रकम आफूले हस्तान्तरण गर्नुभएको थापाले बताउनुभयो । आफ्नो घरमाथिको ३३ हजार भोल्टको हाइटेन्सन लाइनले उनलाई अकस्मात करेन्ट लाग्दा मेघाको दुवै हात पूर्णरूपमा गुमेको थियो ।



मेघाको हात अष्ट्रेलिया र अमेरिकामा मात्र लगाउन मिल्ने डाक्टरले बताएपछि उपचारमा उनलाई समस्या परेको छ । आर्थिक अवस्था कमजोर रहेको र हात लगाउन ठूलो रकम लाग्ने भएपछि उनले सहयोगको याचना गरेकी छिन् ।
गत वर्षको पुषमा मेघालाई करेन्ट लागेको थियो।



Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget