Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

पत्रकार महासंघका सहसचिव र कोषाध्यक्षद्वारा राजीनामा

काठमाडौं, असार २३ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघलाई व्यक्तिवादी ढंगबाट अगाडि बढाउन खोजिएको भन्दै महासंघ (फोनिज) को काठमाडौं शाखाका सहसचिव र कोषाध्यक्षले संयुक्त राजीनामा गरेका छन् ।
यसरी राजीनामा गर्नेहरुमा महासंघका सहसचिव गणेशबहादुर थापा मगर र कोषाध्यक्ष राज्यलक्ष्मी शाक्य रहनु भएको छ ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को नेतृत्व वर्गले सामूहिक एजेण्डा, सामूहिक छलफल र सामूहिक निर्णयले मात्र संगठनको गरिमा बढ्ने जनाउँदै नेतृत्वले व्यक्तिवादी ढंगले अगाडि बढाउन खोजिएको र व्यक्तिवादी प्रवृत्ति हावी भएको र यसरी व्यक्तिवादी प्रवृत्ति हावी भइरहेमा संगठनको अस्तित्व समेत समाप्त हुने सहसचिव र कोषाध्यक्षद्वारा जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ– संगठनको उद्देश्य प्राप्तिका लागि कटिबद्ध रहँदै आफ्नो क्षमता र दक्षताले भ्याएसम्म योगदान दिने उद्देश्य अनुरुप हामी यस संगठनमा पदाधिकारी तथा सदस्यमा निर्वाचित भएका हौं । २०७० वैशाख १५ गतेका दिन सम्पन्न यस संगठनको निर्वाचनमा निर्विरोध भई निर्वाचित भएको व्यहोरा यस कार्य समिति तथा सम्पूर्ण आदिवासी जनजाति पत्रकारहरुलाई अवगत नै छ । यस संगठनलाई चुस्तदुरुस्त बनाउँदै अगाडि बढाउने हाम्रो समूहिक चाहना विपरीत अध्यक्ष मिनराज भण्डारी अमात्यबाट विभिन्न किसिमका कमी कमजोरीहरु हुँदै आएता पनि त्यसलाई व्वहारिक रुपमा सच्याउने प्रयास हामीले निरन्तर गरी रह्यौ तर पनि अध्यक्षले सामूहिक निर्णयलाई लत्याएर मनोमानि ढंगले कार्य समितिमा रहेका १–२ जना व्यक्तिलाई अध्यक्ष बनाइ दिन्छु भन्दै प्रलोभनमा पारेर गलत तरिकाले निर्णय गर्ने  कार्यलाई निरन्तरता दिन’भयो ।
काठमाडौं शाखालाई व्यक्तिवादी ढंगले अघि बढाउन खोजिएको र यसरी नै व्यक्तिवादी प्रवृत्ति हावी भइरहेमा संगठनको अस्तित्व नरहने हुनाले त्यस्ता तानाशाही प्रवृत्ति प्रति घोर आपत्ति जनाउँदै सहसचिव र कोक्षाध्यक्षबाट संयुक्त राजिनामा पेश गर्दछौं, विज्ञप्तिमा भनिएको छ ।
अध्यक्षले तीन वर्षसम्म कोषाध्यक्षलाई कुनै जिम्मेवारी नदिई कोषाध्यक्ष पद आफै कब्जा गरेको, जुनसुकै कार्यक्रम गर्दा पनि आफै अध्यक्षले एकलौटी निर्णय लिई काम गर्ने, कार्य समिति पदाधिकारीहरुसँग बसेर छलफल नगरी निर्णय गरेको, तीन वर्ष कार्यकालको बैठक बस्दा कुनै माइन्यूट नगरेको आरोप अध्यक्षलाई लगाइएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget