Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

धर्मनिरपेक्षताको रहस्य

युवराज गौतम

'धर्मनिरपेक्ष राष्ट्र' घोषणा गराएर नेपालबाट हिन्दु-बौद्धलगायतका हजारौं वर्ष पुराना सभ्यता नष्ट गर्न दलहरू किन सहर्ष तयार भए ? कार्यकर्ताहरूले किन दीपावली गरे ? यो खेलमा युरोप र अमेरिकामा क्रिश्चियन संस्थाहरूले किन अथाह सम्पत्ति लगानी गरे ? यस्ता कुरा तल्लो तहसम्म कसैले पनि बुझाउन सकेनन्।
संविधानमा जनतालाई झुक्याउन धर्मबारे अनौठा कुराहरू लेखियो। संविधानको पहिलो भागमै 'नेपाल धर्मनिरपेक्ष राज्य हो' लेखिएको छ। त्यसको स्पष्टीकरणमा 'धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म-संस्कृतिको संरक्षणलगायत धार्मिक-सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ' भनिएको छ। यही वाक्यांश अन्य भाषामा अनुवाद गरियो भने यस्तो वाहियात कुरा संसारले पत्याउँछ ? अंग्रेजीमा 'सेक्युलर' बुझिने शब्दले प्राचीन धर्म-संस्कृतिको संरक्षण गर्छ? 

२०३३ साल चैत १७ गते दक्षिण भारतको मदुराइ सहरमा धर्म, दर्शन र संस्कृतिसम्बन्धी विश्व सम्मेलनमा राजा वीरेन्द्रको उद्घाटन भाषण सर्वाधिक चर्चाको विषय रह्यो। भाषणको एउटा अंश यस्तो छ- 'धर्मले दुष्कर्मबाट सुकर्मतिर, अन्धकारबाट उज्यालोतिर, असत्य वा मिथ्याबाट शाश्वत सत्यतिर अघि बढ्न मानिसलाई सधैं घच्घच्याएको हुन्छ।
यसले सांसारिक परिपञ्चबाट मानव जातिलाई माथि उठाउने प्रेरणा दिन्छ र उदात्त दैवी भावनाका साथ हामीलाई सांसारिक दलदलबाट उठाउँदै सबैथरीका बन्धनबाट मोक्ष प्राप्त गर्ने हौसला दिन्छ।'
नेपालको इतिहास, परम्परा, धर्म र संस्कृतिप्रति कुनै सम्मान, मोह तथा श्रद्धा नभएका इसाईका दास एवं कृतदासहरूका कारण नेपाली राजनीतिमार्फत आज धमाधम इसाईकरण भइरहेको छ। सन् १८५४ मा जारी भएको मुलुकी ऐनमा सन् १८९७ मा केही संशोधन गरेपनि निरंकुश राणाशासकले परम्परागत धर्म-संस्कृतिको अपमान गरेनन्। तर आज निरंकुश शैली लादिएको छ।
ब्रिटिस भारतका कमान्डर-इन-चिफ सर फेडरिक रबर्टस् र उनकी पत्नीले सन् १८९२ मा नेपाल भ्रमण गरे। कलकत्ता फर्केपछि रबर्टस्ले आफ्नो सरकारलाई दिएको प्रतिवेदनमा 'नेपालका शासक र उनका परिवार शिष्ट, सभ्य र व्यावहारिक रहेछन्' भनेका छन्। हरेक राष्ट्रको आफ्नो मौलिक पहिचान (राष्ट्रिय पहिचान) हुन्छ भन्ने कुरा सभ्य समाजले बुझेको हुन्छ। उनले पनि बुझे।
इतिहास भन्छ “नेपालमा सृष्टिकालदेखि १९२ जना राजा भए।' ती सबै सनातन धर्मका सुसंस्कृत अनुयायी भएकाले दलहरूले विदेशीलाई गणतन्त्रमा फरक र 'नयाँ नेपाल' देखाउन चर्चपथमा हिँड्ने निर्णय गरेका हुन्।
नयाँ संविधानबारे जनतासँग लिइएको सुझावमा ९२ प्रतिशत जनता र पार्टीका कार्यकर्ताहरूले पनि धर्मनिरपेक्ष गलत हो भनेका छन्। तर पश्चिमाको पैसा खाएका नेताले लाखौं सुझावलाई रद्दीको टोकरीमा फ्याँकिदिए। पेरिसडाँडाको 'अदृश्य चर्च' धर्मनिरपेक्ष समर्थक भएकाले अन्य दलले पनि जनभावनाको कदर गरेनन्। यो राष्ट्र र जनताको घोर अपमान हो।
गोपालवंशी, अहिरवंशी, किराँती, लिच्छवी, मल्ल र शाह राजाहरूले परम्परागत धर्मसंस्कृतिमाथि कहिले पनि गद्दारी गरेनन्। किरातेश्वर महादेव (विश्वमा एक मात्र) मन्दिर स्थापना गर्ने, हलेसी महादेवलाई (बौद्धले समेत) आराध्य मान्ने, परम्पराप्रति अति श्रद्धा राख्ने किराती समुदायमा केही अज्ञानीबाहेक सबैले परम्परागत धर्म मानेकै छन्।
नेवार संस्कृति संसारकै उदाहरणीय मानिन्छ। त्यसैले काठमाडौं उपत्यका लगायत सभ्य नेवार बस्तीहरूमा विदेशी धर्मसंस्कृतिको प्रभाव पाइँदैन। तर डलर-युरोको प्रलोभनमा कम्युनिस्ट र क्रिश्चियनको संयुक्त फौज योङ क्रिश्चियन लिग (वाईसीएल) बनाउँदा जनता चिढिने भएकाले पश्चिमाहरूकै सल्लाहमा माओवादीलाई उकासेर योङ कम्युनिस्ट लिग (वाईसीएल) बनाइयो।
पेरिस डाँडाको पार्टी हेडक्वार्टर नेपालका क्रिश्चियनको 'भेटिकन सिटी' जस्तो बन्यो। त्यसैले हरेक पलपलमा जातीय र धार्मिक विद्वेष फैलाउन माओवादी र धर्मनिरपेक्षताका पक्षधरहरू सक्रिय छन्। युरोप र अमेरिकी सहायतामा खुलेका एनजीओले नेपालका देवीदेवता, मन्दिर, सिन्दुरपोते, स्वस्थानी, पुराण, रामायण, वेद, उपनिषद्, त्रिपिटक, गीतालगायत धार्मिक आस्थासँग जोडिएका संवेदनशील कुराको खिल्ली उडाउँछन्।
डलर-युरोको राप र तापले धर्मरिनपेक्ष खेती मौलाएको छ। स्कुल-कलेजका पाठ्यक्रमबाट राष्ट्रिय पहिचानका अध्याय हटाइँदै विदेशीको निर्देशनमा पुस्तकभित्रैबाट साम्राज्यवाद र विस्तारवादको पृष्ठपोषण गरिँदैछ। राज्यभन्दा गैरराज्य बलियो बनाइँदैछ। यसले हरेक क्षेत्रमा राज्य कमजोर देखिएको छ।
धेरै विद्वान-विदुषीहरू राष्ट्र जलिरहँदा पनि मौन छन्। उनीहरू 'किड्नी' बेचेर भएपनि छोराछोरीलाई 'सिड्नी' पठाउन आतुर छन्। जसका छोराछोरी युरोप-अमेरिका जान सक्दैनन्, ती अभागी हुन् भन्ने मनोविज्ञान विस्तीर्ण बन्दैछ।  
राज्यभन्दा गैरराज्य बलियो बनाइँदैछ। यसले हरेक क्षेत्रमा राज्य कमजोर देखिएको छ। धेरै विद्वान-विदुषीहरू राष्ट्र जलिरहँदा पनि मौन छन्। उनीहरू 'किड्नी' बेचेर भएपनि छोराछोरीलाई 'सिड्नी' पठाउन आतुर छन्। जसका छोराछोरी युरोप-अमेरिका जान सक्दैनन्, ती अभागी हुन् भन्ने मनोविज्ञान विस्तीर्ण बन्दैछ।
सन् १९२४ मा प्रकाशित द कम्युनिस्ट रिभ्यू (वर्ष ५, अंक २) मा 'युरोपमा कम्युनिस्ट र क्रिश्चियन एउटै हुन्' भनिएको छ। यही हुनाले आफ्नो दलमा क्रिश्चियन लगानी बढाउन पुष्पकमल दाहालले नर्वेका समलिंगी कम्युनिस्ट नेतासँग सम्पर्क बढाए। संयोगवश उनको जात पनि दाहाले रहेछ, नाम टोरस्टोन।
सन् २००७ देखि २०१० सम्म दाहाले रेड पार्टीका नेता भए। इसाई, कम्युनिस्ट र समलिंगीको समर्थन पाएपनि उनको दलमा २ हजार ४ सय जना मात्र सदस्य छन्। दाहालले नेपालमा पनि क्रिश्चियन र कम्युनिस्टको गठबन्धन गराउने गोप्य सहमति गरे। त्यसपछि माओवादीमा क्रिश्चियनको प्रभाव झन बढ्दै गयो।
२०१५ को मे १७ मा प्रकाशित इन्डियन रियलिस्ट पत्रिकामा 'भारतका माओवादीहरू क्रिश्चियन फौज भएकाले प्राचीन धर्म र परम्पराविरोधी भएको' विश्लेषण गरिएको छ। धर्मसंस्कृतिविरुद्ध हिँडेका भारतीय माओवादीले राष्ट्र नै टुक्र्याउन चाहेको बुझेपछि तत्कालिन प्रधानमन्त्री मनमोहन सिंहले माओवादीहरू राष्ट्रिय सुरक्षाका लागि गम्भीर चुनौती भएको ठहर गरे। तर इसाई नेतृ सोनिया गान्धीले नेपाली माओवादीसँग मित्रता बढाउन भारतीय गुप्तचर संस्था रअका प्रमुख (क्रिश्चियन) थाराकान हर्मिसमार्फत सहायता जारी राख्ने आदेश दिइन्।
दिल्लीमा बाह्रबुँदे सहमति (सम्झौता) गराउन उनको ठूलो हात रहेको कुरा जगजाहेर छ।सन् २००५ मा रुपन्देहीको दुधराक्ष गाउँमा पं. नारायणप्रसाद पोखरेलको हत्या गरियो। उनले हिन्दु धर्ममा पुनर्जागरण र सुधार अभियान चलाइरहेका थिए।
स्कुल, अस्पताल, कलेज र अनाथ आ श्रम बनाउन करोडौं रुपैयाँ दान उठाइरहेका थिए। सन् १९५० पछि क्रिश्यिचन मिसन लिएर नेपाल आएका इसाईहरूका लागि पं. पोखरेल गम्भीर चुनौती ठहरिए। त्यसैले आफ्नो आर्थिक सहायतामा चलेको माओवादीलाई प्रयोग गरेर विदेशी क्रिश्यिचनहरूले पोखरेलको हत्या गराए। दलित मुक्ति मोर्चा भनिने माओवादी संगठनले पोखरेलको सिकार गरेर क्रिश्चियन दाताहरूलाई खुसी पार्‍यो।
भारतमा पनि सन् २००८ को अगस्ट २३ तारिखमा उडिसाका प्रसिद्ध विद्वान् तथा भारतीय हिन्दु परिषद्का नेता लक्षमानन्द सरस्वतीको हत्या गरेर क्रिश्चियन-माओवादीले त्यस्तै उदाहरण देखाए। संस्कृत विद्यालयमा पढाउने मुक्तिनाथ अधिकारीको हत्यादेखि लिएर महेन्द्र संस्कृत विश्वविद्यालयमा करोडौं रुपैयाँका दुर्लभ ग्रन्थ जलाउने, सत्र-अठार हजारभन्दा बढी नेपालीको हत्या गर्ने र विदेशीका एजेन्डा बोकेर राष्ट्रलाई क्षतविक्षत बनाउन खोज्नेहरूलाई टोपी झैं शिरमा पहिरिएर नेपाली कांग्रेस, एमालेलगायतका दल आज पनि सत्ताको सुखभोग गर्न चाहन्छन्।
धर्मनिरपेक्षता माओवादीमार्फत क्रिश्चियनको एजेन्डा हो भन्ने थाहा पाएर पनि जजसले समर्थन गरिहेका छन्, उनीहरूले विदेशीको मोटो रकम खाएका छन् भन्ने बुझ्न अब गाह्रो छैन।संघीयतामार्फत जात-जातलाई आपसमा लडाईं गराउन र हिन्दु-बौद्ध सबैलाई कमजोर बनाएर धर्मनिरपेक्षताको बाटो हुँदै इसाईकरण गर्न 'हिन्दु राजा' फ्याँक्नैपर्ने ठहर विदेशमै भएको पाइन्छ।
राजसंस्थाभन्दा माओवादीहरू लोकतन्त्रवादी, उदार तथा सज्जन हुन्छन् भनेर एमाले, कांग्रेस, माले आदिले घोषणा त गरे, तर कसको दबाबमा त्यसो गरे, त्यो प्रश्न आजसम्म पनि अनुत्तरित छ।
-अन्नपुर्ण पोस्ट बाट 
Labels:
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget