Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

गठबन्धनको रिले अनसन साउन महिनाभरी लम्बिने

काठमाडौं, असार २६ गते । जेष्ठ २५ गतेदेखि १२ घन्टे रिले अनसन गर्दै आएको संघीय गठबन्धनले अब राजमार्गकेन्द्रित आन्दोलन गर्ने भएको छ ।
गठबन्धनको रिले अनसन असार मसान्तसम्मका लागि मात्र घोषणा गरेको थियो भने शुक्रबार गठबन्धनको सचिवलाय बैठकले साउन महिनाभरि पनि रिले अनसन जारी राख्ने निर्णय गरेको छ ।
रिले अनसनले सरकारलाई कुनै दबाब नपुगिरहेको भन्दै अब वारपारको लडाइ लड्न राजमार्गकेन्द्रित आन्दोलन गर्न बाध्य भएको गठबन्धनका एक नेताले बताए । संघीय गठबन्धनको केन्द्रीय सचिवालयको बैठकले असोज पहिलो साताबाट निर्णायक आन्दोलन गर्ने निर्णय गरेको छ ।
सचिवालयको शुक्रबार बसेको बैठकले भदौभरीमा गठबन्धनका नेता–कार्यकर्ताहरुलाई प्रशिक्षणलगायत तयारी पूरा गरी असोजबाट निर्णायक आन्दोलनमा होमिने निर्णय गरेको हो ।
साथै गठबन्धनले खुलामञ्चमा जारी राखेको गठबन्धनको रिले अनसनलाई साउन महिनाभरीका लागि लम्ब्याउने पनि निर्णय गरेको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget