बिराटनगर, असार २७ गते । नेपाली कांग्रेस सुनसरीका क्षेत्रेय प्रतिनिधि तथा परिवार नियोजन संघ सुनसरीका सदस्य द्वारिका नाथ श्रेष्ठ को सडक दुर्घटनामा निधन भएको खबर प्राप्त भएको छ ।
अपराह्न ३.१५ बजे उहालाई एउटा ट्रकले ठक्कर दिदा घटनास्थलमा नै उहाको निधन भएको जनाइयेको छ। उहालाई ट्रकले धरानको भोतेपूल छेउमा ठक्कर दिएको थियो। उहाको शवलाई धरानस्थित विपी कोइराला अस्पतालमा राखिएको छ। कांग्रेसका नेता तथा कार्यकर्ताको अस्पतालमा आउने क्रम बढेको छ।
Post a Comment