Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

पत्रकार मानन्धर र भट्टराई पुरस्कृत

विराटनगर, असार २७ गते।  सञ्चारकर्मी सञ्चार सहकारी संस्था लि.द्वारा स्थापित मेम्बर चन्द्रलाल–दुर्गादेवी युवा सक्रिय पुरस्कार र मिना श्रेष्ठ महिला सक्रिय पुरस्कार २०७३ बाट दुईजना पत्रकारलाई पुरस्कृत गरिएको छ ।   
विराटनगरमा क्रियाशिल पत्रकारद्वारा स्थापित सहकारीको सोमबार पाँचौं स्थापना दिवसको अवसरमा नेपाल टेलिभिजनमा कार्यरत पत्रकार मोहन मानन्धर र इन्क मासिक सम्पादक तथा सप्तकोशी एफएममा कार्यरत पत्रकार इन्दिरा भट्टराई पुरस्कृत हुनुभएको हो ।   

पुनरावेदन अदालतका निमित्त मुख्य न्यायधिश कुमारप्रसाद पोखरेलले उहाहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कृत मानन्धरलाई २१ हजार नगद राशीको मेम्बर चन्द्रलाल–दुर्गादेवी यूवा सक्रिय पत्रकारिता पुरस्कार र भट्टराईलाई  नगद दश हजार राशीको मिना श्रेष्ठ सक्रिय महिला पत्रकारिता पुरस्कारले पुरस्कृत गरिएको हो । गतवर्ष यी दुई पुरस्कारबाट पत्रकार कुमार लुईटेल र पत्रकार सुशिला पाठक पुरस्कृत हुनुभएको थियो ।   

पुरस्कार वितरण कार्यक्रममा बोल्नु हुँदै पुनरावेदन अदालतका निमित्त मुख्य न्यायधीश पोखरेलले पत्रकारिता पेशालाई मर्यादीत बनाउन सक्दा मात्र उचित सामाजिक न्याय स्थापना हुने बताउनु भएको थियो । उहाँले पत्रकारिताको धर्म निर्वाह गर्दै आम पत्रकारहरुले सामाजिक न्याय सम्पादनमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड समेत दिनुभएको छ ।   

पाँचौं स्थापना दिवससम्म आईपुग्दा अहिले २५ लाख रुपिँयाको कारोबार पुर्याएको सहकारीका अध्यक्ष मोहन भण्डारीले जानकारी दिनुभयो । सहकारीमा ८० जना पत्रकारहरु शेयर सदस्यको रुपमा रहेका छन  ।  
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget